दिनेश निरौला
चिसंखुगढी १ ओखलढुंगा
ए केटाकेटी हो ! छिमेकीसँग मिलेर आफ्नै घर बनाउनु पर्छ क्यार, के भन्छौ हौ ? तिमीहरू ” भाइ भतिजा र छोरा नाति समेतलाई जम्मा पारेर नाराले प्रस्ताव गरी।
“हो हो सँधै अर्काको घरमा भाडामा बस्नु हुँदैन । भाउजूले भनेको ठिकै हो” वश्वी र नगनले सही थापे ।” घडेरी सँघुरो छ, छिमेकी कृष्णे अहंकारी छ , आफैँ घर बनाएर बस्नपनि सजिलो त छैन है” रेस बहादुरले (रेसे ) अनुभव ओकले।
“कृष्णेको छोरो विष्ने , शंकरे र सुर्ये मेरा साथी हुन् । उनेरुपनि मिलेर घर बनाउनु पर्छ । बाहरुलाई मनाउँ भन्दै थिए । नगनले भन्यो ।
“हिजोआज कृष्ण दाइसँग मेरो राम्रै हिमचिम छ । हाम्रो घडेरीमा घर नबनाएको कारण मैदान सम्झेर अरुनै केटाहरू फुटबल खेल्न थालेका छन् । पहिले दाइको घर बनाउने अनि हाम्रो बनाउँला । त्यतिन्जेल हामी छाप्रो हालेर बसौँला। कृष्ण दाइलाई म मनाउँला ।” नाराले आफ्नो योजना सुनाई।
“एकैतिर मुख फर्काएर घर बजाउन मान्छन् भने हुन्छ नि त । त्यसो भए दुईवटा जोड्दा आँगन ठूलो हुन्छ । आँगन ठूलो भए हाम्रा दुबै तर्फका केटाकेटीलाई खेल्ने ठाँउ पुग्छ । रेसेले राल चुहाउँदै भने।
भनेको बमोजिमको घर बनाए दुबै छिमेकी मिलेर बसे ।
“ठूलो आँगनमा खेल्दापनि कहिलेकाहीँ कता कता ठोकिँदै छन् भुराहरु । खै यिनलाई कति चाहिन्छ खेल्ने ठाउँ ?” ठूलो भतिजोको टुटुल्को हेरेर नाराले सुस्केरा हाली।
इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…
राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…
शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…
View Comments
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me? https://www.binance.info/register?ref=IXBIAFVY