Categories: कविता

“सोच”


मिना चुँडाल

जहिले पनि म एउटै रहेँ
हेर्ने नजरहरू बदलिँदै गए…
कसैका लागि अमृत झैँ भए
कसैका लागि तितेकरेला भए
कसैका लागि हाँसोको कारण भए
कसैका लागि प्रेरणाको श्रोत बनेँ
कसैका लागि पीडाको स्रोत भएँ।

कसैले ‘साथी’ भनेर अंगालो हाल्यो,
कोहि छायाँ देख्दा पनि डरायो।
कसैका लागि एकदम नौनी घ्यु भएँ,
कसैका लागि जलनको पात्र भएँ।

म त म नै थिएँ, बदलिएको थिइन,
तर बुझ्ने दिमाग र हेर्ने आँखा हराएर गए।
कसैले मेरा शब्दमा आशाहरु भेटे,
कसैले त्यही शब्दलाई अपमान सोचे।
जीवन यस्तै रहेछ,
तर जहिले पनि म एउटै रहेँ।

सारथि बाल पत्रिका

View Comments

  • Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

Recent Posts

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

4 hours ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

5 hours ago

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

1 day ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

1 day ago

“योगमहिमा”

योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…

1 day ago

प्रकोप

हेमराज अधिकारी सिक्किम,भारत दिनभर पानी ओइरियो। माटोले सकेजति थामेकै थियो। खेत हरियालीले ढाकिएका थिए। किसानहरू…

2 days ago