मिना चुँडाल
जहिले पनि म एउटै रहेँ
हेर्ने नजरहरू बदलिँदै गए…
कसैका लागि अमृत झैँ भए
कसैका लागि तितेकरेला भए
कसैका लागि हाँसोको कारण भए
कसैका लागि प्रेरणाको श्रोत बनेँ
कसैका लागि पीडाको स्रोत भएँ।
कसैले ‘साथी’ भनेर अंगालो हाल्यो,
कोहि छायाँ देख्दा पनि डरायो।
कसैका लागि एकदम नौनी घ्यु भएँ,
कसैका लागि जलनको पात्र भएँ।
म त म नै थिएँ, बदलिएको थिइन,
तर बुझ्ने दिमाग र हेर्ने आँखा हराएर गए।
कसैले मेरा शब्दमा आशाहरु भेटे,
कसैले त्यही शब्दलाई अपमान सोचे।
जीवन यस्तै रहेछ,
तर जहिले पनि म एउटै रहेँ।
इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…
राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…
शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…
View Comments
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.