कमला घिमिरे अधिकारी
बास्ना छर्ने फूलको बोट खोजौँ साथी,
दु:खमा नि हाँसिदिने ओठ खोजौँ साथी।
हाँसो, खुसी सबैसँग बाँड्ने बानी राम्रो,
गरिबलाई लागेका चोट खोजौँ साथी।
अरु भित्र रहेका गल्ति नहेरौँ है,
आफु भित्र पनि छन् खोट खोजौँ साथी।
शहरका बनावटी चिजमा नभुलौँ है,
दूध दिने गाईको गोठ खोजौँ साथी।
सधैँ भर अरुको भरमा पर्नु हुन्न,
राम्रो काम गर्ने अठोट खोजौँ साथी।
रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…
निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…
अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…