Categories: कविता

“दशैँ”


उमानाथ दाहाल

नयाँ भाव छर्दै दशैँ पर्व आयो
जतै शान्ति मेला जतै प्रेम छायो
नयाँ भावनामा डुबी दङ्ग दङ्ग
अहो ! बेस कस्तो शरद्को उमङ्ग।

न ता ताप धेरै न ता शीत उस्तो
उषाको सुनौलो अहा ! प्रीत कस्तो
उता रात छ्याङ्गै सितारा उज्याला
मिठो मालश्रीको बज्यो धून माला।

सबै बास आफ्ना सजाएर चुस्त
दशैँ वेहुली झैँ बनेको दुरुस्त
कतै वेदनाका न भेटिन्छ चिन्ह
दशैँ एक संस्कार हाम्रो अभिन्न।

गएका थिए दूर ती फर्कि आए
संगै चाड मान्ने , खुशीले रमाए
सबैका मनोभावना पूर्ण गर्दै
दशैँ जग्मगायो जतै हर्ष छर्दै।

कतै गान बज्छन् कतै पीङ खेला
घरै शक्ति पूजा महादिव्य बेला
नयाँ वस्त्र, खाना मिठो प्रात साँझ
दशैँको उज्यालो खुल्यो चित्त माँझ।

दशैँ मान्नु पर्दा दशा लाग्नु हुन्न
दशैँ साथसाथै नसा लाग्नु हुन्न
सिकाएर संस्कारहोस् चाड पूर्ण
नपारोस् दशैँले कसैमा अपूर्ण।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

13 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

14 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

2 days ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

4 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

4 days ago