रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ
किन घुर्की लगाउँछ्यौ
मर्काएर घाँटी ?
खोजी आऊ अनिता
गट्टा खेल्ने साथी
गट्टा फिँजाई भुईँमा
टाउको कर्काई
खेलिन् साथी निताले
ओर्काई फर्काई
एक् टिप्पे र दुई टिप्पे
अनि अचारचाटी
खेल्दैछु म हेर्दै जाऊ
गट्टा खेल्ने साथी
खेल्दाखेल्दै थाकेँ म
खाऊँ कि खाजा निम्की ?
एक् छिनपछि खेल्ने हो
मैले इम्की-छिम्की
आँखा छली सुनिता
नबन है बाठी
झेल् नगरी खेल्न आऊ
गट्टा खेल्ने साथी
घोडे गुफा खेलौँ है
खेलौँ गट्टाच्यापी
ढ्यापु, च्यापु, घर् लिपी
दुल्के, पन्जाछापी
गीता अनि बिनिता
मनिता छिन् जाती
भोलि फेरि जुटौँ है
गट्टा खेल्ने साथी !
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…