Categories: बाल कथा

छायाँ


विवेक शर्मा गौतम
हाल टोखा-३ काठमाडौं

ग्रहशान्ति सकेर आँगनको एउटा कुनामा बा टोलाएर बसे।
घर आँगन भरि जन्तीहरूको चहलपहल थियो। छोरी घर जानुअघि,बाआमासँग अन्तिम पटक अँगालो मार्न आइपुगिन्।
बाले नजर उठाए, आँखा रसाए । माइतीसँग औपचारिक रुपमा छुट्टी नै लाग्दा नौमति बाजाले सबैको मनमा विरह जगायो । छोरी बाको छातीमा टाँसिएर धुरु धुरु रोइन्। दाहिने हातले छोरीको पिठ्यूँमा थमारदै बा पनि भक्कानिए।
“छोरी तिमी पराई घर जाँदैछ्यौ। हामीलाई नबिर्सनु ल ! भने ।”
छोरीले बाको हात समाउॅदै भनिन्, “बा र आमा मेरो सास जस्तै हुनुहुन्छ। बिर्सनु त सास रोकिनु जस्तै हो, बरु हाम्रो माया झन गाढा र कसिलो हुनेछ ।
आमाले अँगालो हाल्दै भनिन्, “हामीले तिमीलाई बोल्न,हाँस्न,सभ्यता र संस्कार सिकायौँ । हामीबाट सिकेको सभ्यताको वासना नयाँ घरमा फैलाउँनु ।”
छोरीको आँखामा अश्रुधारा छुट्‌यो। “आमा, हजुरको काखको न्यानो माया र वात्सल्य म कहिल्यै भुल्न सक्दिन।हजुरहरूको आज्ञाले कर्म घरको ढोका भित्र पस्न जाॅदैछु। अवश्य पालना गर्नेछु।”
बाले काँपिएको स्वरमा भने, “तिमी जति टाढा गए पनि , हाम्रो माया तिमी सँगै रहनेछ। स्वस्थ हुनु,सँधै खुशी रहनु।”
भाइले दिदीलाई पिठ्यूँमा बोकेर आधुनिक डोली (कार) लाई प्रदक्षिणा गरि भित्र राखे।
मन भित्र गहिरो माया र बिछोडको पीडा मिसिएको त्यो क्षण, त्यस दिन देखि त्यो परिवारमा कहिल्यै नमेटिने सम्झनाको छायाँ बन्यो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

5 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

5 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

6 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

1 day ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

1 day ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago