गुणनिधि घिमिरे
अमेरिका
गड्याङ्गुडुङ् गऱ्यो
सिमसिम पानी पऱ्यो
हावा चल्यो हुरुरु
बच्चो तल झऱ्यो॥
चारो खोज्न आमा
जङ्गलको कुनामा
घुम्दै कता पुगिछ
शिकारीको थुनामा॥
बच्चो एक्लै पऱ्यो
रूखबाट झऱ्यो
हावाहुरी आएर
गर्नुसम्म गऱ्यो॥
बाबा चरो आएछ
टिपी गुँडमा लाएछ
बच्चो बित्न लागेको
सास मात्र पाएछ॥
हावाहुरी चल्दा
रुखहरू ढल्दा
मर्छन् चराचुरुङ्गी
फलफूल नफल्दा॥
जङ्गलमा चरी
बाँच्छन् होला कसरी
गर्नुपर्छ हामीले
मायाँ कठैबरी॥
रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…
तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…