Categories: बाल कथा

निर्णय

राजन कार्की (पाजु)
धरान १३ सुनसरी

आज मुसाहरुको आम भेला रैछ। गाउँ भरिका मुसाहरु चौरमा सहभागी हुन हस्याङफस्याङ गरि दौडीरहेका देखिन्थे। अधिकांश युवा मुसाहरु सहभागी थिए।
मञ्च मुसाहरुले खचाखच भरिएको थियो।
सञ्चालकले कार्यक्रम सुरू गर्दै भने- “आदरणीय दाजुभाइ दिदीबहिनी तथा वा,आमा मुसाहरु ! गाउँमा बिरालोको बिगबिगी बढेको छ, उसको हिंसावाट हामीहरू दिनानुदिन विनाश भैरहेका छौँ। सो बिरालोवाट हामीहरू कसरी सुरक्षित हुने भन्ने विषयमा यो भेला आयोजना गरिएको हो। यसबारेमा सबैले आफुमा भएका उपाय तथा सुझावहरु राख्नु होला!”
सवैले आ आफ्नो धारणा राख्दै गए। कसैले चनाखो हुनुपर्ने बताए, कसैले बाहिर जथाभावी निस्कन नहुने सुझाए, सबैले आ आ-आफ्नो सुझाव राखे।
यतिकैमा एउटा पट्ठो मुसो भिडको बिचवाट जुरुक्क उठ्यो र भन्यो – “त्यो बिरालो को घाँटीमा एउटा घन्टी बाधौँ, त्यसपछि ऊ हिंडेको थाहा पाईन्छ र हामीले भाग्ने मौका पाउँनेछौँ।”
सबैले पररररररररर् ताली पड्काए;र सोही उपाए प्रयोग गर्ने निर्णय पनि भेलाले गर्यो!
यतिकैमा भिडको कुनावाट एउटा बुढो मुसो उठ्यो र भन्यो,” बावु हो निर्णय त ठिकै गर्यौ, तर त्यो बिरालोको घाँटीमा घण्टी चैँ कसले बाध्ने ?”
त्यसपछि एकाएक सभामा सन्नाटा छायो।।।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

हिसाब

महेन्द्र चालिसे “विकल निवास” आरुबारी, काठमाडौं बाबाले जीवनभर खेत जोते, बिरामी पर्दा आमाले रातभर जागेर…

3 hours ago

असारको पन्ध्र

रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…

3 hours ago

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

1 day ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

1 day ago

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

2 days ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

2 days ago