Categories: बाल कथा

गन्थन

नन्दलाल आचार्य
एनेलकुटी, सिरहा

“तिम्रो नश्वर धर्तीको ताजा खबर बताउन नन्दु दाजै ?” आवाज सुनेर म झस्किएर वरपर नियाल्न थालेँ । दौरासुरुवाल र बिर्के टोपीको परिधानमा मुस्कुराई रहेका भानु देखिए । आँखा तिरमिराए । आकाशका भानु आकाशमै चम्किरहेका थिए । सजीवको चौबिस घण्टे प्रार्थनाबाट खुशी भएर उनी पदार्पण भएका थिए । उनलाई पाएर सजीवहरू खाना पकाउन र आहारा जुटाउन व्यस्त भए । यता धर्तीमा ठिङ्ग उभिएका भानुलाई देखेर मैले मुण्टो ठड्याउन सकिनँ । “किन मेघकी बेहुली बिजुलीजस्तै मलाई देख्नासाथ लुक्न खोज्छौ नन्दु दाजै ? नेपाली भाषासाहित्यले मलाई प्रेम गर्छ । बन्धु भएर पनि तिमी भने तर्किन्छौ ? आखिर किन ?” उनको उपस्थितिले मनलाई घोचर घाउ बनाएकै थियो झन् प्रश्नले त्यसमै नुनचुक दलिदियो । “तिमीले छाडेको नेपालमा हामी हर्दम कुर्सीखेलमा रमाएका छौँ ।” सत्य बोल्दा मैले यसो भन्नुपर्थ्यो तर वाक्य फुटाउन हिम्मत आएन । राम्रो कुरा भए पो गर्वसाथ भन्न सक्थेँ ! “आफूभन्दा सानो मलाई किन दाजै भनेको कविजी ?” हिम्मत जुटाउँदै मैले यत्ति प्रश्न राख्न सकेँ । कुराको विषयान्तर गरेकोमा रिसाउलान् कि भन्ने भय भयो । तर उनले सहजै यत्ति भने; “तिमी असार २८ गते धर्तीमा आयौ; म २९ गते जन्मिएँ तसर्थ…!”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

भैरेको नियति र स्वास्थ्य सेवा

  घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…

22 hours ago

टिकाेटालाे

शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…

22 hours ago

“नारी महिमा”

शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…

22 hours ago

बाल मुज्दुर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…

23 hours ago

“हाम्रो नाति”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…

2 days ago

अभियान

राजन् कार्की पाजु धरान सुनसरी बिहान सवेरै एक हुल मानिसहरु हातमा ठुला ठुला अक्षेरमा लेखिएका…

2 days ago