Categories: कविता

“गमलाको फूल”


रञ्जुश्री पराजुली

मेरी आमा भन्छिन्
मलाई गमलाको फूल रे
सानो मात्र न रहेर
हुर्कदै जान्छु रे
गमलाको बिरुवा
सानै बाट हुर्किएर
ठूलो हुँदै जान्छ रे
समय पुगेपछी
फूल फुल्न थाल्छ रे
म पनि अहिले सानो छु
भोलि ठूलो हुन्छु रे
ठूलो भए पछि
राम्रो कार्य गर्छु रे
आमाको आशिर्वाद
धेरै पवित्र र चोखो
बिरुवाले फूल फुली
मगमग वास्ना छर्छ
त्यस्तै ठूलो भए पछि
म हुर्किएर राम्रो
पथ समाएर असल
इलम राम्रो गर्छु रे
एका तीर फूलको वास्ना
हावाले फैलाउँछ
अर्को तिर म पनि योग्य
बनी नाम फैलाउँछु
देशको सेवा गर्ने जिम्वा
भोलि हाम्रो नै हुने छ
गमला बीच सुन्दर फूल मुसुक्क हाँस्छ
घरभित्र गमलाको फूल म पनि हाँस्छु
भनी भन्छिन् आमा
आमाको वचन पुरा गर्ने
हुन्छ मेरो ध्यान
आमाले सोचे जस्तै
अवश्य पनि बन्छु म।

सारथि बाल पत्रिका

View Comments

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

1 day ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

1 day ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

1 day ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

2 days ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

2 days ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

2 days ago