Categories: कविता

“रोपेर फूल धरती रसिलो बनाऊँ”


घनश्याम रेग्मी

हाम्रो धरा अब त सुन्दर पार्न थालौँ
फोहोर यी उचित ठाउँ चुनेर फालौँ
साझा धरा हरित उर्वर यो सुहाऊँ
रोपेर फूल धरती भरिलो बनाऊँ ।।१

बाटो सफा घर र आँगन यो सफा होस्
फोहोर मोहर बनोस् र धरा सजाओस्
हामी सफा अनि सफा घर यो बनाऊँ
रोपेर बोट हरिया धरती सजाऊँ ।।२

बढ्दो छ प्लास्टिक यता सब यत्रतत्र
ढाकेर आँगन र खेत भयो विचित्र
धर्ती सुवासित र पुष्पित यो बनाऊँ
वृक्षादिले ललित यो धरती सजाऊँ ।।३

उद्यानमा असल फूलहरू फुलेका
कैयौं थरी विहग बाग भरी डुलेका
शोभा दिने असल काम्यक यो तुल्याऊँ
हाँसेर बाँच्न सकिने धरती बनाऊँ ।।४

आरोग्य जीवन सबै जनको भएमा
राम्रो अवश्य पनि भोलि हुने कुरामा
हामी जुटौँ अवनि सुन्दर पार्नुपर्छ
धर्ती बचाउन सबै जन लाग्नुपर्छ ।।५

बाढी धुलो अनि धुवाँ अनिकाल पार्छ
हाम्रा चरा सुमनमा मुटु रोग सार्छ
सन्तानमा असल यो उपहार दिन्छौँ
हाम्रो धरा असल उन्नत पार्न जुट्छौँ ।।६

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

1 day ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

1 day ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

1 day ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

2 days ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

2 days ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

2 days ago