सेविका रानाभाट
बाङ्ग्रेबेसी, लमजुङ
बिहान बेलुका छाक टारी
गाह्रो पर्छ खुवाउनलाई
फेरि आयो पापी दसैँ
गरिबलाई रुवाउनलाई
चाड आउँदा धनीलाई
कति खुसी लाउँदो हो !
गरिबलाई लाग्छ होला
चाड किन आउँदो हो
मासु किन्ने पैसा छैन
गरीबको मन रुँदो हो !
के खुवाएर बालबच्चा
खुसी पारौँ हुँदो हो
सबैका घरमा दसैँ आयो
मन सारै अत्याउने
ऋण खोज्न गरिबलाई
छैन कोही पत्याउने
सबले राम्रो लाउँदा खेरी
मन हुँदो हो खिन्न
गरिबभन्दा धनीको
चाड हुँदो रहेछ भिन्न।
श्रोतः नेपाली बालसाहित्य
रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…
निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…
अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…