तुलसी पण्डित
आमा सधैं भन्नुहुन्थ्यो शरदको बेला
घुमफिर गर्न जाउँ गर्नु हुन्न ढिला
न गर्मी नछ हिलो आकाश छ स्वच्छ
उज्यालो पन रमणिय सुन्दर प्रकाश।
बारी तिर नजर लाएँ फूल फुलेको छ
आकास पनि हेरे मैले छ्याङ्गै खुलेको छ
टाढा टाढा नजर पुग्यो पहेंलपुर फाँट
करेसा अनि बगैंचामा पुतलीको नाच।
रमाउदै झर्छ खोला गुणगान कस्तो
प्रकृतिको न्यानो काख हेर्न पाए जस्तो
पूर्व हेर्यो बिहानमा लालित्य घमाइलो
हिमालको दृश्य हेर्यो लाग्दछ रमाइलो।
थरीथरी चाड आउछ लिङ्गे र जाते पिङ्ग
लाग्छ अझ दिपाबली उज्यालो पञ्चरङ
देउसी र भैलीहरु घर घरमा घन्कने
जता हेर्यो उतै राम्रो घरहरु टल्कने।
रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…
निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…
अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…