Categories: बाल कथा

गर्जन


त्रिलोचन ढकाल
आनन्द आश्रम
आँधीखोला ६ फापरथुम, स्याङ्जा

“चट् चट् चट् चट्याङ्…. गुटुटुटुटुटुटु….” चर्को आवाजले सबैको मुटु फुट्ला जस्तो भयो।
“के भयो यस्तो ? मेरो त कानको जाली नै छिन्न भिन्न भयो ।” हजुरबा हकानिनुभयो।
“किन आत्तिनुभयो हजुरबा ? लडखडारहेका हजुरबाको पाखुरो समातेर नातिले सोध्नै पर्ने भयो।
“सुनेनौ नाति ? के भयो भर्खर !”
“सुनियो हजुरबा ! मेरो छाती पनि चर्केको छ ।”
“हामीलाई थर्काएको हो ।”
“यो त मिल्केको आवाज हो।”
“मिल्काँदा पनि आवाज आउँछ ? मलाई लाटो नठान ।”
“मिल्कने कसरी हो भन्ने कुरा त बुझ्नुभयो नि हजुरबा ?”
“हाम्रो घरमा बिजुली शर्ट हुँदा निस्केको झिल्का जस्तो ठूलो झिल्का हो भन्ने बुझेँ।”
“घरमा बिजुली शर्ट हुँदा प्वाक्क आवाज पनि आएको थियो त ?”
“थियो । सुनेँ ।”
“बादलमा लाखौँ भोल्टको बिजुली शर्ट भएर मिल्कँदा पनि त्यस्तै तर निकै ठूलो आवाज आउँछ। नमिल्केको बेलामा यस्तो भएको सुन्नुभएको छ ?”
“त्यो त सुनेको छैन, तर मिल्केको धेरैपछि गर्जन्छ त !”
नातिले हजुरबुबालाई स्पष्ट पार्न खोज्दै भने: “उज्यालो छिटो दगुर्छ र देखिइहाल्छ । आवाजको गति प्रकाशको भन्दा निकै ढिलो हुन्छ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

13 minutes ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

24 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

24 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

2 days ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

4 days ago