Categories: बाल कथा

जिज्ञासा


शम्भु ढकाल
सूर्याेदय न पा १२ आठघरे,ईलाम

“बाबा! याे पृथ्वीकाे महादेशकाे नक्सा पहिले कसले बनायाे । थाहा छ ? “छाेरीले एक दिन चिया खाँदै गर्दा साेधी।
“खाेज अनुसन्धान गर्ने वैज्ञानिकहरुले पत्ता लगाएका हाेलान नि ।” मैले भने “कसले बनायाे ? नामै त मलाई थाह छैन।”
“हजाराैँ बर्ष अगाडि अनुसन्धान गरेका ऋषिमुनीहरुलाई चैँ किन बैज्ञानिक नभनेकाे नि ? “उसले साेधी ।”उनीहरुले गरेका काम अनुसन्धनात्मक नभएर हाेला ।” मैले भने।
“हाेईन।” उस्ले भनी “पृथ्वीकाे नक्सा कस्तो छ भनेर महाभारतमै उल्लेख छ रे ।”
“कसले भनेकाे ?” मैले साेधेंँ।
“राजा धृतराष्ट्रका सारथि संजयलाई वेदव्यास द्वारा दिव्य दृष्टि प्राप्त थियाे। एक दिन संजयले पृथ्वी र ग्रहकाे वर्णन गर्दै जाँदा राजाले साेधे उसाे भए आकाशबाट पृथ्वी कस्ताे देखिन्छ?
संजयले भने दुईवटा पिपलकाे पात मिलाएर राखेकाे छेउमा खरायो बसेर हेरि रहेकाे जस्तो देखिन्छ।
यही कथनलाई पछि विद्वानहरुले नक्सामा उतारे । नक्सामा ठ्याक्कै सात महादेश मध्ये छ वटा देखिए । “उसले भित्ताकाे विश्वकाे नक्सा हेर्दै कथा सुनाई।
“कसले सुनायाे तिमीलाई याे कथा ?” मैले साेधेँ।
“धन सरले।” उसले भनी।
“केमा भेटेछन् बुढाले ?”  मैले भने।
“महाभारतकाे भीष्म पर्वमा छ अरे त । वेदव्यासले लेखेकाे ।” उसले साेधी “बाबा हाम्रो पूर्वीय दर्शनमा यस्ता गहन गहन कुराहरु हुँदा हुँदै हामीलाई किन पश्चिमी विद्वान ,आविष्कारक र बैज्ञानिककाे कुरा मात्रै पढाएकाे ?”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

22 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

23 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

2 days ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

4 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

4 days ago