Categories: कविता

“गर्मी र पतिना”


कृष्णशरण उपाध्याय पौडेल

छन्द : उपजातिवंशा

गर्मी बढेमा पतिना त हो सुधा
हुँदैन गर्मी पतिना सँगै हुँदा
यो हुन्छ आस्वाद्य निकै सुगन्धित
आरोग्यदायी र मनो – विनोदित।

छ सात पत्ता पतिना टिपीकन
राखौँ सुराही जल मा जुनै दिन
चौबीस घण्टापछि नै पिऔँ जल
बनौं सुखी , प्राण गरौं सुशीतल।

महौषधी हो पतिना अचम्म को
हो मित्र यो जीवन आयु सम्म को
छ हप्प गर्मी, पसिना छ खल्खल
पिऔँ न चीसो पतिनामयी जल।

पचास पत्ता पतिना पिसी लिए
इलाइची सोंँप मिलाउँदै पिए
गर्मी सँगै लू पतिना भगाउँछ
चुस्ती र फुर्ती तन मा जगाउँछ।

सब्जी बनाई पतिना मिसाउनू
घोटेर मुन्टा चटनी बनाउनू
थिची पिसी आँप जिरा मिलाउनू
र नून हाली रसिलो बनाउनू।

खायौँ भने यो अझ भोक लाग्दछ
अजीर्णता नास्दछ रोग भाग्दछ
चाट्नू यही भोजन साथ सर्वदा
निरोग या स्वस्थ बनौँ सदा सदा।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

11 hours ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

11 hours ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

1 day ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

1 day ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago