लक्ष्मी रेग्मी खनाल
वालिङ स्याङ्जा
भर्खर भर्खर काठमाडौं आएको नँया शहर , नयाँ मान्छेहरू । सानो कोठा त्यहि पनि पानीको समस्या । घाम नपर्ने कोठा, कोठामा एउटा सानो बिस्तारा अनि एक सेट ग्यास । बिरानो ठाँउ कोही आफ्ना छैनन् । भएका पनि कोठाबाट टाढा टाढा छन । बिहानमा कलेज अनि दिउँसोमा अफिस जानुपर्ने । दिनभर अफिसको कामले थाकेर आउँदा कोठा लथालिङ्ग देख्दा झन बढी थकाई लाग्छ ।
तर पनि आफ्नो काम गर्नै पर्यो । बिस्तारै बिस्तारै दिनहरु बित्दै जान्छन् । कलेजमा फि बुझाउने बेला , कोठा भाडा, खाने खर्च ( चामल,दाल,नुन,तेल,मसला र ग्यास ) आदि जुटाउनै पर्यो । घरको आर्थिक अवस्था कमजोर नै छ । सरसहयोग गरौँला भनेर काठमाडौं डाकेका आफन्तको अत्तोपत्तो छैन् ।
बल्लतल्ल महिना दिन पुगेपछि तलब आउँछ । अनि घरबेटी आउँछन ढोका हान्दै । अनि किराना पसलको दिदी मुसुक्क हाँस्दै बहिनी आउन बस भन्छिन् । कलेज गयो भोलि अन्तिम मिति फि तिर्ने , पर्सि बाट डबल दस्तुर लाग्छ भन्छन् । आठ हजारको तलबले सबै बुझा टाल्दै बेलुका कोठामा आएर हेर्दा पर्स रित्तै हुन्छ । अनि आफैँले आफैँलाई सोध्छु खोइ त ! भोलिलाई गाडी भाडा ?
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…