गाडी भाडा

लक्ष्मी रेग्मी खनाल
वालिङ स्याङ्जा

भर्खर भर्खर काठमाडौं आएको नँया शहर , नयाँ मान्छेहरू । सानो कोठा त्यहि पनि पानीको समस्या । घाम नपर्ने कोठा, कोठामा एउटा सानो बिस्तारा अनि एक सेट ग्यास । बिरानो ठाँउ कोही आफ्ना छैनन् । भएका पनि कोठाबाट टाढा टाढा छन । बिहानमा कलेज अनि दिउँसोमा अफिस जानुपर्ने । दिनभर अफिसको कामले थाकेर आउँदा कोठा लथालिङ्ग देख्दा झन बढी थकाई लाग्छ ।
तर पनि आफ्नो काम गर्नै पर्यो । बिस्तारै बिस्तारै दिनहरु बित्दै जान्छन् । कलेजमा फि बुझाउने बेला , कोठा भाडा, खाने खर्च ( चामल,दाल,नुन,तेल,मसला र ग्यास ) आदि जुटाउनै पर्यो । घरको आर्थिक अवस्था कमजोर नै छ । सरसहयोग गरौँला भनेर काठमाडौं डाकेका आफन्तको अत्तोपत्तो छैन् ।
बल्लतल्ल महिना दिन पुगेपछि तलब आउँछ । अनि घरबेटी आउँछन ढोका हान्दै । अनि किराना पसलको दिदी मुसुक्क हाँस्दै बहिनी आउन बस भन्छिन् । कलेज गयो भोलि अन्तिम मिति फि तिर्ने , पर्सि बाट डबल दस्तुर लाग्छ भन्छन् । आठ हजारको तलबले सबै बुझा टाल्दै बेलुका कोठामा आएर हेर्दा पर्स रित्तै हुन्छ । अनि आफैँले आफैँलाई सोध्छु खोइ त ! भोलिलाई गाडी भाडा ?

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

12 hours ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

12 hours ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

1 day ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

1 day ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago