Categories: कविता

“गर्मी”

अनन्त कुमार बस्नेत

छ ज्येष्ठ मैन्हा उखपात गर्मी ।
आदित्य ठान्दोछु भए अधर्मी ।।
तातो छ हावा दिनरात चल्दो ।
संसार देखिन्छ धपक्क बल्दो ।।

रुच्दैन खाना न त भोक लाग्छ ।
चाहिन्न नाना न त चाह जाग्छ ।।
केही गरूँ जाँगर छैन भित्र ।
छ यो धराधाम बडो विचित्र ।।

आकाशमा बादल देखिँदैन ।
जाऊँ कतै शीतल भेटिँदैन ।।
चरा उडेका तल खस्न थाले ।
सिँयाल रोजी सब बस्न थाले ।।

प्रस्वेद बग्दोछ शरीरबाट ।
आनन्दको छैन दिवा र रात ।।
टारी गरा खेत चिरा परेछ ।
मानौँ स्वयं अग्नि यहाँ झरेछ ।।

भयो यहाँ मुस्किल बाँच्नलाई ।
खोजूँ कहाँ कारण हाँस्नलाई ?
वर्षाइदे बादल आज पानी ।
हर्षाइदे सुन्दर जिन्दगानी ।।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

14 hours ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

15 hours ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

2 days ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

2 days ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

4 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

4 days ago