धुम्रपान मुक्त नगर

होम सुबेदी

धमाधम गरेर कान्ताले लुगामा आइरन गरेर तयार पारिदिइन् । दयारामले हतारहतार चिया नास्ता गरे।लुगा फेर्दै चुरोट तान्न खोजेको चुरोट सकिएको ता उनलाई बल्ल पो थाहा भो।
“ए सपना !” काम गर्ने केटीलाई कराए । तुरुन्त हाजिर भई ।
“जा त, चुरोट किनेर ले सकिएको रहेछ ।” आदेशअनुसार केटी हतार गर्दै दोकानतिर लागी ।
भुराभुरीलाई चुरोट खैनी किन्न बेच्न नपाइने सरकारी नियमलाई उनले दोकानेसँग सम्झौता गरेका छन् उनी ता जनप्रतिनिधि न हुन् । नियम भनेको त सर्वसाधारणलाई न हो । यसैले दयारामकोमा काम गर्ने सानी केटी सपनालाई दोकानेले अलिक लुकाएर चुटोट दिने गरेको छ ।


लुगा लगाएर तयार भइसके । ‘केटी किन आउँदिन हँ !’ एकातिर केटी चुरोट लिएर आइनपुगेकोमा शङ्का अर्कातिर नास्ता गर्नासाथ चुरोट खाने तलतल !! दयाराम बडो व्यग्र भएर प्रतीक्षा गर्न थाले ।
“किन यसरी आज हतार भो ? कहाँ केका लागि जान लाग्नु भाको ?” पत्नीको प्रश्न थियो ।
“आज अन्तरराष्ट्रिय धुम्रपानरहित दिवस । यसका बारेमा जनचेतना जगाउनु छ । हाम्रो नगरलाई धुम्रपानरहित बनाउनु छ । यसैले बिहानैदेखि टोलबासीहरुलाई धुम्रपान मद्यपान खैनी गुट्खा लगायतका कुलतहरुबाट कसरी बच्न सकिन्छ भन्ने चेतनाका लागि मैत्री टोलबाट थालेर नगर भरि नै जुलुस गर्नु छ । यसैले हतार भएको । बिहान सातैबजेदेखि जानु पर्नेमा हतार भइसक्यो । त्यो केटीलाई चुरोट लिन पठाएको आइन अझ पनि । हेर हेर आई कि ? ”
“ए ए !! लु असल कुरा रहेछ । पहिले आफूतिर पनि जनचेतना जगाउनु होला !!”
“नकराऊ है तिमी बढी। खै त्यो केटी आइपुगिन त ।” उनलाई पाँच मिनटको समय पनि पाँच घन्टा जस्तो लाग्यो ।
बडो व्यग्र भएर बाटो हेर्दाहेर्दै केटीले बल्ल चुरोट ल्याइदिई । दयारामको सास बल्ल आयो । एकै पटक दुई ओटा चुरोट सल्काए र स्वाइँ स्वाइँ पारेर ताने । अनि हतार हतार बाहिर लागे उनलाई धुम्रपानमुक्त सहर जो बनाउनु छ ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“तीज”

देव भट्टराई हाम्रो प्यारो तीज आयो घुमेर। हाँसौँ खेलौँ कर्मलाई चुमेर ।। साथीसङ्गी नाच्न आओ…

10 hours ago

पुरस्कार

सन्दर्भ वालदिवस राजन् कार्की पाजु धरान सुनसरी कौशिला ए, कौशिला ! कहाँ छेस् हँ ?…

10 hours ago

उज्ज्वल भविष्य

सुमन कडरिया चितवन विद्यालयको वार्षिक नतिजाको समीक्षा बैठक चलिरहेको थियो। एक शिक्षकले प्रधानाध्यापकसामु भने -…

11 hours ago

बाढीबाट प्रभावित बालबालिकाका लागि संरक्षण केन्द्र तयार

सीता वादी मन्त्री महिला तथा बालबालिका मन्त्रालय सिंहदरबार बाढीबाट प्रभावित बालबालिकाका लागि संरक्षण केन्द्र तयार,…

11 hours ago

निधार

संजिता भट्टराई धनगढीमाई,सिरहा गाईगोठको भक्कारो सोहोर्दै गरेकी जुनेलीको कानमा कच्ची बाटोबाट गुन्जिएको ठूलो हाँसो ठोकिन…

1 day ago

“बाल दिवसको सन्देश”

कृष्ण शरण उपाध्याय बच्चा स्वस्थ बलिष्ष्ठ अब्बल बनून्, ती देशका हुन् जग बच्चा हृष्ट र…

1 day ago