रम्भा पौडेल

धेरैपटक असफल हँदा पनि हार नमानेको तोप चराले फेरि आफ्नो गुँडमा पोथी भित्र्याउने प्रयास गर्यो “कान्छी ! मैले चिटिक्क पारेर गुँड बनाएको छु नि । हिड न हेर्न।”
“हो र ?” नयाँ पोथीले आश्चर्य प्रकट गरी।
भालेले “होनी” भन्दै जवाफ फर्कायो। पोथीले सोधी, “कस्तो ठाउँमा बनाएका छौ त ? धेरै कोलाहल हुने जंगल हो कि शान्त ठाउँ ? अथवा मरुभूमिको पोथ्रे बुट्यान जहाँ तातो हावाले सेक्छ ?”
“हैन हैन । पहिले कुरा त सुन ।“ भालेले भन्यो ।
“मलाई त सास फेर्न पनि नमिल्ने ठाउँमा गुँड बनाएको त मनै पर्देन ।” उसले जवाफ फर्काई ।
“होइन, तिमीले हेर्दे नहेरी पहिले टिप्पणी नगर न । पहिला हेर्न त जाउँ ।” भालेले जिद्दी गरयो । धेरै जिद्दी गरेपछि पोथी गुँड हेर्न बाध्य भई ।
दुवै बेगले उड्दै त्यो गुँड भएको ठाउँमा पुगे। भालेले घुमिघुमिकन आफुले बनाएको गुँड हुनेवाला प्यारीलाई देखायो र भन्यो, “तिमीलाई यो गुँड मन परयो ? मैले धेरै मिहिनेत गरेर यो तिम्रोनिम्ति बनाएको हुँ । मलाई यो बनाउन छ महिना लाग्यो । हेर न ?”
“मैले विभिन्न रंगका घाँस बटुलेको छु । बाहिरबाट कति राम्रो र बलियो छ । भित्र न्यानो र सुरक्षित छ ।” उसले आफ्नो घरको प्रशंसा गर्यो । हरियो जंगलको बीचमा रंगिन बनाएको त्यो गुँडले पोथीको मन पगाल्यो । पोथी गुँडभित्र पसी । भाले खुशीले गद्गद् भयो ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

हिसाब

महेन्द्र चालिसे “विकल निवास” आरुबारी, काठमाडौं बाबाले जीवनभर खेत जोते, बिरामी पर्दा आमाले रातभर जागेर…

7 hours ago

असारको पन्ध्र

रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…

8 hours ago

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

1 day ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

1 day ago

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

2 days ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

2 days ago