बिना शर्मा
दक्षिण सिक्किम

नानीहरू उफ्रि उफ्रि कराउँदै पाएपको गाडी हातमा घुमाउँदै आँगन वरीपरि फन्को मार्दैछन्..
“दशैँ आयो खाउँला पिउँला, कहाँबाट ल्याउँला चोरेर..।”
घाँसको भारी थलामा पल्टाएर श्यामे घर पस्न लाग्दा शिरको टोपी आँगनमा खसेर सानो छोरोको खुट्टामा पर्यो श्यामे हतार हतार टोपी टिप्दै घरभित्र पस्दै गर्दा चन्दा मुलाको साग लिएर दैलोमै आइपुगी, दुवैको आँखा एकापसमा जुध्यो फेरि टाढियो।
अगेनाको डिलमा बसेर टोपीको मैला पुछदै टोलाउँछ श्यामे..छँदाछँदैको सब्जी दोकान छोडेर सरकारी नोकरी रोज्ने हुँदा आज दुई छाक जुटाउन सकेको छैन उसले। चन्दाले कर गरेकी हो त्यसैले ऊ आज श्यामेसँग नजर जुधाउन सक्दिन। सब्जी दोकानबाट दिनको हजार बाह्र सय आउँथ्यो, काटकुट पाँच सय दिनको नाफा बसिहाल्थ्य , महिनाभरमा पन्ध्र सोह्र हजार हुँदा त सुरोबुरो चल्ने श्यामेको घर नौ हजारको नोकरीले कता टाल्ने पत्तो थिएन। जसोतसो खान र नानी पढाउँनसम्म त हिसाब मिलाउँथ्यो तर काममा गएको सात महिनासम्म हातमा एक पैसा परेको भए पो ! दुःख गरेर जम्मा गरेको अलिअलि पैसा, स्वास्नीको गहना सबै सकिएपछि लैनो गाई पनि बेच्यो उसले। अब मात्र एक माउ गाई छ । बालख नानीहरूको मुख मुछेर बेच्न आत्माले दिएन उसलाई।
थरि थरिका सब्जी पाक्ने घरमा एउटा झोल हालेको सब्जीसँग भात खाँदा नानीहरू छक्क पर्थे। छ वर्षकी छोरी चार सालको भाइलाई “अब दशैँ आयो, दशैँमा चिची खानुपर्छ ल..” भन्दै बुझाउँथी बुझेकै जस्तो रून्चे हाँसो गर्दै झोलसँग भाइले नबिसाई भात खाँदा बाबुको आँखा आँमाको मन एकैचोटि रसाउँथ्यो ।
सात महिनाको तलब एकैपल्टमा दिने रे भन्ने सुनेको दुई महिना हुँदासम्म हातमा पैसा पर्ने पत्तो छैन। ऋण खोज्ने कसलाई सबैको हालत उस्तै, ठुलाबडाले एक सुक्को पत्याउने होइनन्। हिजो दोकान हुँदा सापट चलाउँनेहरू आज नचिनेझैं मुख फेर्छन्।
श्यामे पस्केको भात छोडेर कामतिर लाग्यो। हिंड्दा हिंड्दै उसको आँखा दोकानको जामामा पर्यो डमीमा लगाएको गुलाबी जामा, गुलाबी जुत्ता, चिटिक्कै ब्याग, अर्कोमा जिन्स हाफ्प्यान्ट, सेतो सर्ट सेतै जुत्ता..”लानुहोस् दाजु! म सस्तोमा मिलाइदिन्छु ।”
दोकानेको आवाजले श्यामे झस्कियो उसले काम गर्ने अफिस छोडेर श्यामे दुई किलोमिटर यता बजार आइपुगेछ……।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

हिसाब

महेन्द्र चालिसे “विकल निवास” आरुबारी, काठमाडौं बाबाले जीवनभर खेत जोते, बिरामी पर्दा आमाले रातभर जागेर…

7 hours ago

असारको पन्ध्र

रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…

8 hours ago

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

1 day ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

1 day ago

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

2 days ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

2 days ago