Categories: बाल कथा

गुरुको चित्र

“गुरु पूर्णिमा विशेष”


रचना शर्मा
चितवन

एकसुरले आफ्नो कोठामा काम गरिरहेका भाइको अगाडि उसकी दिदी आएर उभिइन् । भाइ झसङ्ग भए ।”दिदी….! खबरै नगरी मेरो कोठामा …?” बनाउँदै गरेको चित्रलाई पत्रिकाले छोप्दै भाइले सोधे।
“एउटै घरमा बस्ने भाइको कोठामा आउन पनि खबर गर्नुपर्छ ? अचम्मको कुरो गर्छ यो केटोले त ! अनि म आउने बित्तिकै के छोपेको होस् देखा मलाई।”
“त्यस्तो केही होइन दिदी, आज गुरु पूर्णिमा भएकोले गुरुलाई उपहार दिनको लागि भनेर अस्तिदेखि उहाँकै चित्र बनाइरहेको छु । अब फिनिसिङ हुँदैछ । आधा घन्टामा सकिन्छ अनि देखाउँछु।”
भाइको कुरा सुनेर “ल ल” भन्दै दिदी आफ्नो कामतिर लागिन् । भाइले फटाफट चित्र तयार पारे र दिदी भएको ठाउँमा आएर भने, “दिदी ! मैले गुरुको चित्र तयार पारेँ , अब गुरुलाई दिन जान्छु है ?”
“कस्तो चित्र बनाइस् , कुन गुरुको चित्र बनाइस् , पहिला मलाई त देखा !”
भाइले आफुले बनाएको चित्र दिदीलाई देखायो । भाइले बनाएको चित्र देखेर दिदी स्तब्ध बनिन् र सोधिन् , “भाइ ! तैँले यस्तीलाई पनि गुरु मानेको छस् ?”
दिदीको हात समात्दै भाइले भन्यो, “बाआमाको मृत्युपछि यो भाइको एक असल गुरु तपाईँ त हो नि दिदी !”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

14 hours ago

एकता

तुलसी पण्डित आमा यता हेर्नू न यी कमिलाहरूको करामत, आमाले दृष्टि पुर्याउनु भयो । त्यहाँ…

14 hours ago

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

2 days ago

-एकत्व

विवेक शर्मा गौतम टोखा-३,काठमाडौं “हजुरबा, त्यो रुख किन रोएको जस्तो देखिन्छ ?” आर्यनले सोध्यो। हजुरबाले…

2 days ago

मोबाइलको छायाँ

इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…

3 days ago

टोपी

अन्जु शर्मा रातोपुल टोपी हिलाम्मे थियो । हिलाम्मे भएका कारण टोपी कस्को भनेर छुट्टाउन कठिन…

3 days ago