प्रेम पुन मगर
असारे झरी स्कुल जाउँ कसरी,
एकनासको पानी म सानी नानी।
ठुलो झोला र किताबको भारी,
बोक्नुपर्छ त्यसमा पानी नपारी।
यो मनले भन्छ कि स्कुल न जाउँ,
तर आज त परीक्षा चल्दैन यो दाउ।
जसरी नि स्कुल जानुपर्छ आज,
पढ्नुपर्छ मिलेर साथीहरू माझ।
सोध्छु गुरुमालाई लागेमा गाह्रो ,
त्यसो गरे उनको भइन्छ प्यारो।
आजदेखि बन्छु म निकै ज्ञानी,
बाआमालाई पार्छु धेरै नै खुसी।
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…