Categories: बाल कथा

गुरुपूजा

रामप्रसाद पन्थी

प्रशंसाकाे उमेर सात वर्षको भयाे । उनी कक्षा दुईमा पढ्छिन् । उनी स्कुलमा जेहेन्दार विद्यार्थी हुन् भने घरमा असल छाेरी । उनले स्कुलमा सिकेका कुरा घरमा आमा बुबालाई सुनाउछिन । घरमा सिकेका कुरा स्कुलमा साथीभाइ र गुरूहरूलाई सुनाउछिन् । त्यसैले उनी सबैकी प्यारी छिन् । घरमा आमासँग सँगै उठ्छिन । आमालाई घरकाे काममा आफूसक्दाे सघाउछिन् । समयमै स्कुलकाे गृहकार्य सकेर साथीभाइसँग खेल्छिन् । बुबालाई उनलाई पढ्न सहयाेग गर्नुहुन्छ । प्रशंसाकाे बानीलाई देखेर छिमेकीहरू पनि दङ्ग पर्छन् । सधैंजस्तो आज पनि प्रशंसा बिहानै उठिन् ।आमा आफ्नो काममा लाग्नुभयाे । प्रशंसा नुहाइधुवाइतिर लागिन् । बगैंचाका फूल टिपेर पूजाकोठामा गइन् । देवतालाई फूल र प्रसाद चढाइन् । अगरबत्तीकाे धुपले घरभरि बास्ना फैलिएको थियाे । उनले बजाएकाे घण्टीकाे आवाजले बुबाकाे निद्रा टुट्यो । नित्यकर्म सकेर बुबा पनि पूजाकोठामा आइपुग्नुभयाे । यतिञ्जेल आमाले पनि काम सकेर टुपुल्क्क आइपुग्नु भयाे । छाेरीले पूजापाठ गरेकाे देखेर आमाले साेध्नुभयाे – “के गरेकी छाेरी ? ” प्रशंसाले उत्तर दिइन् – “आमा ! आज गुरूपूर्णिमाकाे दिन । त्यसैले पूजा गरेकाे ।” बुबाले बीचमै भन्नुभयो – ” आज स्कुलमा गुरूपूर्णिमा मनाउने हाेला ?” प्रशंसाले भनिन् – ” हाे बाबा ! स्कुलमा पनि मनाउने हाे । त्याेभन्दा पहिले घरमा मनाउने ।” आमाले भन्नुभयो -“घरमा किन छाेरी ?” प्रशंसाले भनिन् -” आमा ! स्कुलमा गुरूहरूले भन्नुभएको घर नै पहिलाे पाठशाला हाे रे ! बुबाआमा पहिलाे गुरु र गुरूआमा ! “प्रशंसाले बाबाआमालाई टीका र प्रसाद दिदै थिइन् । आँगनबाट उनकी साथी गरिमा चिच्याइन् -” प्रशंसा छिटाे गर न । सबै साथीहरू स्कुल गइसके । ढिला भयाे ।” प्रशंसा बुबाआमालाई नमस्कार गर्दै हतारहतार गरिमासित गुरूपूर्णिमा मनाउन स्कुलतिर गइन।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रतिज्ञा

पुण्यप्रसाद घिमिरे आदित्य गाउँमा बस्थ्यो । ऊ सानै र अबोध भएकाले जे मन लाग्यो त्यही…

13 hours ago

“पश्चाताप”

माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…

13 hours ago

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो

काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…

14 hours ago

‘स्याहार योजना’

विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…

1 day ago

“युवाशक्ति”

शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…

1 day ago

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

3 days ago