लिला केसी
पोले पनि क्या मिठो न्यानो किरण घामको!
अर्ती, गाली झन् मिठो गुरुबा र आमाको
आफू जलि गुरुले ज्योति बाँड्छन् चेलालाई
तार्छन् सधैँ जङ्घार काट्दै सारा भेललाई ।
रोप्छन् सधैँ बिरुवा धर्ती उजाड भएनी
छोप्छन् दु:ख,पीडालाई शिरमा जति आएनी
सुक्छ ज्ञानको मुहान गुरुको मन दुखेमा
माछी कहाँ बाच्ला र खोला सागर सुकेमा ?
कालो,सेतो धुलोमा रम्छन् चिन्तै नमानी
डुङ्गा तार्दै चेलालाई बित्छ यिन्को जीवनी
ज्ञानको मन्दिर पाठशाला गुरु महेश्वर हुन्
गुरु सरी पूज्य त संसारमा होला कुन ?
माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…
काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…
विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…
शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…