गुरु पुर्णिमा

 


रम्भा पौडेल

सडक यातायात बर्षाको कारण अवरुद्ध थियो । आकासको यात्रा कुरेर भैरहवा एरपोर्टमा मानिसहरु खचाखच थिए। मैले पनि काठमाण्डौको लागि आकासको यात्रा कुरिरहेकी थिएँ।
“उफ, कति गर्मी ! मर्नै लागियो । छिटो जहाज आएपनि हुनेथियो नि । ”एउटा यात्रीले कराउँदै भने।
“हो त नि ।” अर्को यात्रीले सही थापे । सबैेले हातेपंंखाले अनुहारमा हम्कीरहेका थिए । सिलिगं पङ्खाको तातो हावाले काम गरेको थिएन। । सबैका पसिना झरिरहेका थिए।
मेरो पनि गति उही नै थियो । यत्तिकैमा जहाज आइपुग्यो । सबैले आ –आफ्नो बोर्डिङ पास हातमा झिके।
जहाजका एकजना कर्मचारी यात्रीहरु भएको ठाउँमा आइपुगे र भने, “काठमाण्डोै जाने यात्री महानुभावहरु लाइनमा आउनु होला।”
सबैलामबद्ध भएर जहाजतर्फ लागे । एयरहोस्टेजले मिठो मुस्कानमा स्वागत गरिन्। यात्रीमा भने भय सहितको मुस्कान अनुहारमा मिसिएकै थियो । मैले पनि त्यस्तै गतिमा नमस्ते फर्कोउदै आफनो सिटतर्फ लागे।
यात्रीहरुले एयरहोस्टेले गरेको सुरक्षा सम्बन्धी प्रदर्शन हेरीरहेका थिए । यत्तिकैमा भित्रबाट आवाज आयो । “मेरो प्यारो गुरुमा रिना दिलसन म्याम ? सिट नं क ५ अगाडि आइदिनुहोला ।” मैले अचम्म मान्दै अगाडि हेरेँ । उनै होनहार विद्यार्थी प्रदिप राना मगर पाइलट सिटबाट ढोका खोलेर बाहिर आए । मैले उनलाई देखेर आश्चर्यमा परेँ। पाइलटको ड्रेसमा उनी फुर्तिला देखिएका थिए । म अगाडि गएंँ । सबै यात्रीहरुले मलाई हेिररहेका थिए । पाइलट प्रदिपले मलाई फुलको गुच्छा दिँदै भने, “गुरुपुर्णमाको शुभकामना म्याम । हजुरलाई मेरो प्लेनमा स्वागत गर्न पाएँ।”
मेरा आँखामा खुशीका आँसु झरे । मुहारमा ढुक्कको मुस्कान भरियो । यता यात्रुहरुबाट आजका होनहार विद्यार्थी पाइलट प्रदिपले गुरुप्रति गेरको सम्मानका लागि तालि बजिरहेको थियो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

15 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

15 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

15 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

2 days ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

2 days ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

3 days ago