Categories: कविता

“गुरु पूर्णिमा”


रामप्रसाद पन्थी
रेसुङ्गा नगरपालिका२,छापटाेला गुल्मी

घर हाम्राे पाठशाला बाबाआमा गुरु
यहीँबाट जिन्दगीकाे यात्रा हुन्छ सुरू।

सिक्ने अनि सिकाउने थलाे आफ्नै घर
बाबाआमा जस्तो ठूलाे गुरु काे नै छ र ?

दिनुहुन्छ खान मिठाे अर्ती बुद्धि धेरै
सरस्वती देवी रूप मान्छु आमा मेरै।

जीवन याे अधुरो छ गुरूबिना हाम्राे
भाग्यमानी हुन्छौं हामी गुरु पाए राम्रो।

गुरूले नै दिनुहुन्छ ज्ञान सीप शिक्षा
अनि मात्रै पूरा हुन्छन् साथी हाम्रा इच्छा।

मान्नुपर्छ गुरु आज्ञा नमानेर झर्काे
सत्य कर्म सिकाउने छैन काेही अर्को।

गुरु ब्रह्मा गुरूर्विष्णु गुरुदेवमहेश्वर
गुरुसाक्षात् परम् ब्रह्म भन्या त्यसै हाे र ?

सधैंभरि मान्नु पर्छ गुरूलाई साथी
पूर्णिमाका दिन मात्रै मान्नु कति जाती ?

म त मान्छु सधैंभरि बाबा आमा गुरु
तिमी पनि मान है त साथी मेरी सरू।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

6 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

6 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

1 day ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

1 day ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

3 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

3 days ago