Categories: कविता

“गुरु मान्नुपर्छ”

 

 

बिचन्द्र रायमाझी “मुस्कान”
इस्मा २ गुल्मी हाल तानसेन,पाल्पा

चाहे बाल शिक्षा होस,
चाहे उच्च शिक्षा होस,
शिक्षा शिक्षा नै हो,
शिक्षा दिने भनेको गुरु नै हो।

आफू अन्धकारमय भएर,
अरुलाइ उज्यालो छर्छन,
आफू खोक्रो भएर,
अरुलाई भरिभराउ गर्छन।

यता धन भन्दा विद्या ठूलो पढाउनुपर्छ,
उता भए युरोप नभए खाडी भिसा लगाउनुपर्छ,
अझ भन्नुपर्छ स्वदेशमै केही गरेर बस्नुपर्छ,
भिसा आउनसाथ आफैले झोला कस्नुपर्छ।

नियमले भन्छ त विद्यालयमा जा,
सरकारले भन्छ त सडकमा जा,
नियमले भनेको मान्ने हो भने जीवन धान्न मुस्किल पर्छ,
सरकारले भनेको मान्ने हो भने ज्यान जोगाउन मुस्किल पर्छ।

गुरुलाई सम्मान गर्न जानेन सरकारले,
मार्गदर्शक गुरु हुन ठानेन सरकारले,
दासी बनाएर राख्न खोज्दै छ सरकार,
गुरुलाई गिराउने बाटो रोज्दै छ सरकार।

गुरु बिनाको शिक्षा अधुरो हुन्छ,
शिक्षा बिनाको जीवन अपुरो हुन्छ,
गुरु मार्गदर्शक हुन ठान्नुपर्छ,
त्यसैले गुरु गुरु नै हुन मान्नुपर्छ।।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

3 hours ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

3 hours ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

3 hours ago

ढोका

सुमन कडरिया चितवन राति अबेरसम्म छोरी घर नफर्किएपछि आमाको ध्यान बारम्बार ढोकातिर थियो। उनले फोन…

1 day ago

“शरद् छ मस्त”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…

1 day ago

जन्मदिन

ह्रदय लेकाली ए समीरका बाबा, "भोलि छोराले मेरो जन्मदिन मनाइदिनुपर्छ भनेर कचकच गरेको छ के…

1 day ago