Categories: बाल कथा

अन्धविश्वास

अवतार ढकाल

`म्याम भुत हुन्छ कि हुँदैन् ?´ कक्षामा अर्कै विषयबस्तु पढाइरहेकी रेनुका मिसलाई सजलले सोध्यो।
`हुँदैन।´ रेनुकाले उत्तर दिइन्।
`उसले पत्याएन तर पनि चुप लाग्यो।
`अनि बोक्सी नि म्याम?´ सरिनाले अर्को प्रश्न तेर्स्याइ।
`हुन्न।´ उनले एक शब्दमा जबाफ दिइन्।
`भुत, प्रेत, बोक्सी….यी सब अन्धविश्वास हुन। हामी अन्धविश्वासको पछि लाग्नु हुँदैन।´ उनले सम्झाउँदै भनिन्।
कक्षामा एकछिन खासखुस चल्यो। विद्यार्थीहरू एकअर्कालाई हेरेर मुखामुख गर्न लागे।
`ओइ भन न।´ एउटा आवाज सुनियो।
`ह्या। म भन्दिन, तैं भन।´ अर्को आवाज आयो।
रेनुकाले कसको आवाज भन्नें ठम्याउन सकिनन्।
`अनि म्याम हिंजो तपाईँको घरमा किन चिन्ता राखेको ?´ उनकै छिमेकमा बस्ने एउटी नानीले भनिन्। रेनुकाले केहि बोल्नै सकिनन्। कोठाभरी हाँसो गुन्जियो।
`चुप लाग। हल्ला नगर। जाँचमा आयो भनें `हुँदैन´भनेर लेख्नु पर्छ।´उनले अलिक मधुरो स्वरमा भनिन्।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

3 hours ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

3 hours ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

4 hours ago

ढोका

सुमन कडरिया चितवन राति अबेरसम्म छोरी घर नफर्किएपछि आमाको ध्यान बारम्बार ढोकातिर थियो। उनले फोन…

1 day ago

“शरद् छ मस्त”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…

1 day ago

जन्मदिन

ह्रदय लेकाली ए समीरका बाबा, "भोलि छोराले मेरो जन्मदिन मनाइदिनुपर्छ भनेर कचकच गरेको छ के…

1 day ago