Categories: बाल कथा

“गुरु र चेला”


कमल सापकोटा
द० सिक्किम

“शिक्षक शिक्षिका प्राय: सबै काम चोर हुन्छन राम्रो पढाउँदैनन् स्कुलमा पनि राजनीति गर्छन …..मैले सबै थाहा पाएको छु ..अब यस्ता शिक्षक शिक्षिकाको विद्यार्थी माथि खेलबाड गर्ने कुनै अधिकार छैन …जब विद्यार्थीको भविष्य नै सुरक्षित छैन भने देश र राष्ट्रको विकाश कसरी हुन्छ !!!!……. अनि गाउँ समाजको विकाश कसरी हुन्छ हामीले चुनाउ पछि हाम्रो जीत हुने साथै यस्ता कामचोर र गरिबका छोरा-छोरीको भविष्य माथि खेलबाड गर्नेहरुलाई कहाँ पुर्यानेछौँ!!!……बेडिंग बांधिराख्दा हुन्छ।”
कुरा त ठीकै हो .. भिडमा धेरैले ताली लाए।सायद अभिभावकहरु नै हुनुपर्छ। तर किन हो डी के सरले भने मन नपरी नपरी ताली बजाए।
”डी के सरले आफ्नै पुर्व विद्यार्थीको भाषण तल चौरमा बसेर सुन्दैथिए तर पनि साथीभाई छन् कि भन्दै डराए झैँ यता उति पनि हेरे !!
नविराउनु नडराउनु भन्ने त केवल भनाईमा मात्र हुन्छ भन्ने कुरा पनि उनलाई त स्पष्ट थाहा थियो। उनले केहि नबिराए पनि उनको को हो साइनो पर्नेले कोनी कुन पार्टीको भाषण सुनेको चाल पाएर पहिलाको चुनाउपछि सरुवा भएर परिवार विचल्ली हुनुपरेको थियो।
अहिलेका ” रामबाबु ” पहिलाको ‘रामे’ उनले नै पढाएको त हो ……..यौटै कक्षामा फेल हुँदा हुँदा भएपछि सबै शिक्षक शिक्षिकाले सल्लाह गरेर उत्तीर्ण गराउनु परेको थियो।
फेरि अर्को कक्षामा पनि त्यस्तै भएपछि ….रामेले स्कुल छोडेको त हो !!! आज यस्ता कुरा सुन्नुपर्दा सरलाई एकपटक त उ होइन कि जस्तो पनि लाग्यो। “तर तिमी त यस्तै त हौनी भनेर कसले पो भन्न आँट गर्ने र !” उनले सुनि नै रहे।
भाषण सकियो। रामबाबु आफ्ना लावा लस्कर लिएर भि० आइ० पि० चिया चमेना हलतिर लागे। उनको वरिपरी धेरै विद्वान् र शिक्षाविदहरु थिए । अन्य अधिकारीहरु पनि रामबाबूको खातिरदारी गर्दै थिए।
सामान्य जनताको निम्ति खानपिनको अर्कै हलमा ब्यवस्था थियो। कोनि किन हो डी के सरले भने खाना पनि नखाई अघिको भाषणलाई मनन गर्दै लुरुलुरु आफ्नो घरतिर लागे !!!

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

3 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

3 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

4 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

1 day ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

1 day ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago