Categories: कविता

“घुमघाम”


पुण्यप्रसाद घिमिरे
बैत्यश्वर-६,दाेलखा

भन भन बाबू नानी, आज कता जाने
नभन ल भाेक लाग्याे, आफैँ बाेकी लाने
सातु राेटी मक‌ै आलु, खाजा के के खाने
पछि लाग दादा दिदी, अघि लाग साने

माथितिर गयाैभने, जङ्गलमा पुग्छाै
वल्लाे रूख पल्लाे झाडी, लुकामारी लुक्छाै
तलतिर गयाैभने, बजार रमझम
दायाँगए पुग्छाै मेला, नाच छमछम

वायाँ गए खेतबारी, कृषकदाइ भेट्छाै,
आलु मुला काेभी काँक्रा, हरियाली देख्छाै
कपी कलम साथै बाेक, जे जे देख्याे लेख्छाै
उकाली र वरालीमा, तिमी पाईला टेक्छाै ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

5 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

5 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

6 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

1 day ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

1 day ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago