डा. छायादत्त न्यौपाने
मिठा फल शीतल छाया रुख मेरा गुरु
खाेला झर्ना ढुङ्गा माटाे उत्पादन गुरु
शिक्षा दीक्षा व्यवहारमा झुल्किदिने गुरु
गुरुजनकै देन हुँ म हिँड्छु खुरुखुरु
कर्म गर्नु प्राणी हित रम्नु सबैसित
सँगसँगै खेल्नु कुद्नु बन्नु सधैं मित
ज्ञानगुन सिप जाँगर सिकाउने गुरु
उज्यालोमा खेलाउने जीवन सार गुरु
कमिला र मौरीहरू पशुपन्छी गुरु
अनुशासन बताउने विधि सबै गुरु
अँध्यारोलाई चिरिदिने सिर्जना हुन् गुरु
चेतनाकाे दैलाे खाेल्ने कर्मयाेग गुरु
गुरुशिष्य परम्परा आस्था बिउँझाउँछ
नजिक्याउँछ सिकाइले जीवन उजिल्याउँछ।
गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…
माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…
काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…