अनुपम पोखेल
कक्षा ६
कृष्णाश्रम मा. वि.
सुर्योदय नगरपालिका,कन्याम इलाम
लुम्बिनीको कपिलवस्तु
ठाउँ धेरै राम्रो
त्यहीँ जन्मे गौतम बुद्ध
नाम रहयो हाम्रो।
शुद्धोधन थिए बाबा
आमा मायादेवी
साह्रै ज्ञानी छोरा थिए
उनी सानैदेखि ।
हत्या हिंसा गर्न हुन्न
सन्देश दिए राम्रो
उपदेशको पालन गर्ने
कर्तव्य हो हाम्रो।
अहिंसाको बीऊ छरी
कुना काप्चा तिर
विश्वसामू उठाइदिए
नेपालीको शिर।
एसियाका तारा भनी
चिनिएका उनी
बुद्धलाई नमन गरे
मन पवित्र हुनी।
संसारलाई झुटो ठानी
उनी ध्यान गर्छन
उपदेश पालन गर्ने
सबै पार तर्छन् ।।
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…
योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…
चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…
फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…