Categories: बाल कथा

“यथार्थ”

भूमिका गैरे, तिमिल्सिना
गैंडाकोट ४, नवलपुर

“सुन् त ए केटी ! आज धने कहाँ रोपाइँ छ , जानुपर्छ है। भन्देछु नि अहिल्यै , छिटो छिटो भान्सा सक । एउटा अलि राम्रो टिकटक बनाउनु छ, भाइरल हुनुपर्यो नि हामी नि ।” सेतीले भनी।
“ह्या यो दिदीलाई पनि जतिखेर नि भिडियो मात्रै बनाउनु पर्ने रहेछ । कति बनाउनु है , यथार्थमा गर्ने केही होइन ? खाली देखाउन मात्रै , के के न गरेछन् जस्तो किन पार्नु ? ” जान्न म त।”
बुढी मान्छे जस्ती छ के यो त ? खै कुरो बुझ्या, ” जमानाअनुसार चल्न जान्नुपर्छ क्या ! होइन भने हेप्छन् । ए यिनीहरु त केही छन् है भन्ने नि पार्नुपर्छ क्या ! देखाउनुपर्छ , नत्र गन्दैनन् कसैले पनि ? कति सम्झाउनु म त हैरान परे ।” सेतीले थपी।
आफ्नो जे छ , त्यसैमा हो रमाउने । अरुलाई देखाएर हुने हो र ? मलाई त आउँदैन , झिजो लाग्छ ।
न कहिल्यै गतिलो लाउन जान्या छ , न त खान नै । बाहिरी माहोल बुझ्नु छैन । घरमै बसेकोछ , लुटुपुटु लुटुपुटु के हो के हो ? राम्रो लगाऊ, मिठो खाऊ, पार्लर जाऊ , स्कुटी किन , आइफोन लिऊ भनेको तिम्रै लागि त हो । सम्पत्ति जत्ति छ , कसका लागि दु: ख काटेकी भनेको मात्र हो ? उकासी सेती।
रहर नि हुनुपर्यो , जान्नु नि पर्यो फेरि भनेर हुन्छ र ? ह्या मलाई त लाज लाग्छ ।
“यिनलाई सम्झाउनु र हाम्रा देशका नेतालाई भन्नु एकै हो ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

10 hours ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

10 hours ago

पुलेसो

बिन्दु पाैडेल वस्ती भरतपुर -२, चितवन पहाडको फेदमा सम्म परेको फाँट थियो । खेतीयोग्य जमिन…

11 hours ago

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

1 day ago

एकता

तुलसी पण्डित आमा यता हेर्नू न यी कमिलाहरूको करामत, आमाले दृष्टि पुर्याउनु भयो । त्यहाँ…

1 day ago

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

2 days ago