Categories: बाल कथा

ग्रीन चरी

केशवराज आमोदी
सुखौरा , तनहूँ
हाल : रत्ननगर चितवन

अस्र्ट्रेलिया , गोल्डकोस्टको बोटानिक गार्डेन हुँदै मैले नातिलाई स्कूल लिएर जाने र छुट्टी भएपछि लिएर आउने केही दिनदेखि गरिरहेको थिएँ । मेरो अङ्ग्रेजी लाहुरे तालको भएकोले म नातिसँग सिक्दै पनि थिएँ । देवताले राज गरेको स्वर्गजस्तो स्वच्छ , समुन्नत र सभ्य धर्तीमा हिड्दै गर्दा आफू जन्मेको , हुर्केको र जीवनका उर्बर समय बिताएको पशुपतिनाथले रक्षित देशको स्वाभिमानी नागरिक हुँ कि होइन ऐले आफैं संशयमा छु ।व्याप्त छ समाजभरि स्खलित राजनीतिको मृगतृष्णा आफ्नो धर्ती भनेर के गर्नु ? स्वार्थको बादलले ढाकेको छ वातावरण । भँडखाला छन् उत्तिकै लोभ र दम्भका हर कुइनेटामा । लोकतन्त्रको फूलबारिभरि पैताला-पैतालामा परतन्त्रताका बारुद बिच्छ्याइएका छन् । दीक्षित तुल्याउनु छ यही माहौलमा आजका कलिला नाति-नातिनाहरूलाई । गलेको छ उमेरले शरीर र थपिदे छ यही शरीरको थाप्लोमा बालबालिकाको सुन्दर भविष्यको भारी । थिलिदो छ उमेरले गलेको बुढो इच्छाको शरीर । नाति-नातिनालाई पुर्याउनु छ सगरमाथाको उचाइमा । गलेर फाट्दै गरेको पुरानो कोटजस्तो सङ्घीय राज्यमा स्वर्णिम भविष्यको धरहरा उभायाउनु पनि कसरी खै ?’
कारको सुविधाले आकर्षित गर्दैन हिड्न पाएसम्म मलाई ।म नातिबाट डोरिएको छु कि मबाट नाति डोरिएको छ ? दोधार-दोधामा रहदै गर्दा अस्ट्रेलियन लवजमा नारीको आवाज गुन्जिन्छ-
‘गुडमोर्निङ …! , आई लभ यु …!!’
म आफ्ना दृष्टिहरू यताउति मिल्काउँछु देख्दिन कतै कुइरेनी महिलाहरु तैपनि उनीहरूकै लवजमा फेरि आवाज गुन्जन्छ-‘आई लभ यु …! , गुडमोर्निङ जेन्टलम्यान ..! गुडमोर्निङ …!!’
म उमेरले जर्जर भएको मान्छेसँग कुन कुइरेनीले पिरती-प्रस्ताव राख्न आँटी छ ? मनमा एकप्रकारको कुरो बतासिंदै गर्दा श्रवणेन्द्रियमा आएको शिथिलता हो कि भनेर नातिसँग सोद्धछु । गुडमोर्निङको आकाश-वाणी कहाँबाट भइरहेछ ? नाति हाँसेर ऊ त्यो घरको बार्दलीको ग्रीन चरीको आवाज त हो नि !’ भन्दछ र म दङ्ग परेर गोल्डकोस्ट की परी अर्थात् ग्रीनचरीतिर हेर्छु , बल्ल पो थाहा पाउँछु त्यो त नेपालमा ‘कृष्ण-कौ’ भन्ने उही ‘सुगा’ पो रहेछ ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

21 hours ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

22 hours ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

22 hours ago

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

2 days ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

2 days ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

3 days ago