Categories: बाल कथा

बन्न नचाहँदा नचाहँदै बनेको चोर

पुष्पा श्रेष्ठ ( पुसु ) –
रुपा गाउँपालिका-७, कास्की

अरुण गाउँकै सरकारी विद्यलयमा अध्ययन गर्थ्यो। ऊ खेल खेल्न त्यति रुचाउँदैन थियाे। एकदिन ऊ विद्यालय गएर घर आयो।(ऊ अल्लि चञ्चले स्वभावको थियो) । ऊ पढाइमा त्यत्ति राम्रो भने राम्रो थिएन। उसको थर धनि थियाे किनकि उसको थर जनजाति थियाे । जनजाति भनें पछि राज्यबाट सेवा सुविधा काम पाइन्थ्यो । ऊ कापी समेत किन्न नसक्ने स्थितिमा थियाे। उसका जुत्ता समेत फाटेका थिए । उसलाई त्योभन्दा पनि अरु नै कुराले पिरोलेको थियो। ऊ दिनभर खुसी खुसी थियो जब रात पार्यो तब उसलाई निन्द्रा लागेन। किनकि उसँग जिन्दगीमा नभएको घटना भएको थियो। उसलाई थाहा थियो कि विद्यालयमा सि सि क्यामरा जडान गरिएको छ तर उसले त्यो क्यामरालाई वेवास्ता गर्यो । दिनको करिब १:३० बजे खाजा खाने छुट्टि थियाे । उसले नसोची,नबुझी, जानी,नजानी साथीको झोलाबाट मोबाइल निकाल्योर भन्यो “आहा ! निक्कै मज्जा हुन्छ। अब त मोबाइलको लागि तड्पिएको हेर्दा अनि घरजानेबेला दिनुपर्ला मोबाइल उसलाई” तर उसलाई के थाहा कि त्यहीँ मजा सजायमा रूपान्तरित हुन्छ भनेर। उसले याे चाहँदैन थियो कि मोबाइल उसले घरै लिएर जाओस् । उसले त साथीलाई तड्पाउन चाहन्थ्यो। उसले व्यक्तिगत स्वार्थका लागि मोबाइल प्रयोग गर्न चाहँदैन थियो। तर त्यहाँ फेरीयस्तो घटना भयो कि जुन अरुणको लागि निक्कै भयबिहित थियाे उसले छुट्टी पछि मोबाइल दिनै बिर्सिएछ। साथीले मोबाइल हराएको कुरा विद्यालयमा जानाकारी गरायो । साथीले शिक्षकसँगै बसेर सि सि क्यामरा पनि हेरेछ। करिब रातीको लगभग १२ बजेको थियो। उसलाई निन्द्रा पनि लागेन कोल्टो फेरेर अरुणले दिनभरकाकुरा सम्झियो सोच्न थाल्यो” याे मलाई पनि थाहा छ कि चोरी चाकरी राम्राे होइन् र मैले चोरी गर्न चाहेको पनि थिइन्। फेरि मैंले चोरी किन गरे त ??.. आजसम्म कसैकाे रुखको सुन्तला नचोरेको मैले त्यो मोबाइल किन चोर बेकार उसको अनि सबै गुरूहरुको दृष्टिकोणमा म चोर बनिसके। म साथीसँग मजाक गर्न चाहन्थें। सबै साथीको नजरमा म चोर बनिसके। मलाई अब सबै साथीले चोर भन्ने छन्। नाक देखाएर हिँड्न पनि मुस्किल पर्छ मलाई त। सानो गल्तीबाट ठुलो क्षति हुन सक्छ। म अब कुनै पनि साथीको केहि चलाउँदिन। चलाउँनु पूर्व कम्तीमा तीन, चार पटसम्म सोच्छु। मैले उसको सिम कार्ड पनि हराइदिए । मैंले कसरी दिने उसको सिम कार्ड….. (उसको आँखा भरी पनि थिए। किनकि ऊ नचाहँदा नचाहँदै चोर बनेको थियाे) मलाई पछुतो लागेको छ तर अत्ति ढिलो भइसक्यो ।” उसले अर्को दिन भेट हुँदा माफी माग्ने निर्णय गर्यो । उसले फेरि कोल्टो फेर्यो । उसको नजर भित्ता को घडीमा पर्यो रातीको २ बजिसक्यो । त्यसपछि केहीबेर उसले अन्तर मनसँग अनेक एक्लै कुरा गर्यो। (क्षणभर मै गहिरो निन्द्रामा परी निदायो र बिहान ७ नबझि विउँझिएन।) नोट: कुनैपनि काम गर्नुपूर्व कम्तिमा पनि सोही कुराको बारेमा बुझेर, सोचेर गर्नुपर्छ । नत्र केहिबेरको मजा जिन्दगीभरि सजाय बन्न सक्छ। एउटा उदाहरणको लागि माथीको कथा फेरी अध्ययन गर्नुहोस्।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

22 hours ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

23 hours ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

23 hours ago

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

2 days ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

2 days ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

3 days ago