ह्रदय लेकाली

यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर काममा बाधा पुर्याउँछ। आफ्ना बाबु राजनारायण कर्णले सिलोङबाट ल्याएको घडीलाई हेरेर श्याम कर्णले भन्यो।
कत्ति पटक घडी फेर्ने भनेर परिवारमा चर्काचर्की बहस नचलेको हैन।
हुन पनि घडी ४० वर्षको पुरानो भए पनि नयाँझै,बलियो र मजबुत आकर्षक छ।
मुना कर्णले धेरै पटक छोराहरुलाई भनिन्,बाबुुहरु तिमीहरु यो घडीलाई हटाउन पाउन्नौ। यो घडीसित मेरा खसमको सम्झना वर्सन्छ ।”
हरि कर्णले आमाका कुरालाई बेवास्ता गर्दै भन्य‍ो ” आमा म योभन्दा राम्रो घडी भित्तोमा टाँग्न ल्याइदिन्छु हुन्न ?”
मुनाले भनिन् “बाबुु तिमीले यो घडी हटाउनु भनेको बाको अपमान गर्नु हो।
यत्तिकैमा छोरीले भनिन् ” ल आमा पनि, घरमा पुरानो घडीभन्दा नयाँ नै राखौँ न ।”
मुनाले भनिन् “तिमीहरुलाई के थाहा? बाबालेे यो घडी घरमा राख्न थालेपछि घरमा सह छाएको हो। ऋण तिरियो ।तिमीहरु पढालेखा भयौ। बाले राम्रो कमाएर बित्नु भो। आज तिमीहरुलाई दुई छाक टन्न खान लगाउन भरपुर छ।”
म साँझबिहान यो घडीलाई शाश्वत देउता मानेर पुज्छु। समय दिएको छ। पुरानै भए पनि बिग्रेर हैरानी पारेको छैन ।” याद राख ” कुनै चिज पुरानो भए पनि सह र लच्छिन लिएका हुन्छन्। समय ढिलोचाँढो भए बेटारी फेर।”त्यसो भए तिमीहरु यो बुढी आमालाई पनि नयाँ फेर।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

1 hour ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

2 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

1 day ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

1 day ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

2 days ago