Categories: कविता

“क ख रा”


धनराज सिलवाल
चितवन

क बाट कलम
ख खरायो
ग बाट गमला
घ घडी
पढ पढ बाबु नानी हल्ला नगरी।

ङ बाट नङ
च चप्पल
छ बाट छहरा
ज जहाज
कराउने चकचक गर्ने बानी खराब।

झ बाट झण्डा
ञ मञ्जन
ट बाट टपरी
ठ ठग
पढ्न बस कोठा भित्र बाहिर नभाग।

ड बाट डाडु
ढ ढकनी
ण बाट चरण
त तराजु
ज्ञानी बन बोल मिठो नानी बाबू।

थ बाट थाल
द दराज
ध बाट धान
न नरिवल
रुने होइन पढ्ने बेला अब लौ हाँस।

प बाट पसल
फ फर्सी
ब बाट बदाम
भ भकारी
आँखा हुन्छ तेजिलो आऊ तरकारी।

म बाट मकै
य यमराज
र बाट रथ
ल लहरा
आपसमा साथी भाइलाई माया गर।

व बाट वकिल
श शहर
ष बाट षट्कोण
स सर्प
नानी बाबु हेर यता बाहिर नहेर।

ह बाट हलो
क्ष क्षमा
त्र बाट त्रिभुवन
ज्ञ ज्ञानी
पढपढ बन्नु पर्छ तिमी ज्ञानी।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

1 hour ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

2 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

1 day ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

1 day ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

2 days ago