कमला पन्थी अधिकारी
जब घर तनुजा छन् काेखकी रत्न दिव्य
वचन मधुर धेरै लाग्छ हाँसाे पवित्र
वचपन वयमा छन् सिक्नमा ध्यान हुन्छ
घरघर जब छाेरी रम्दछन् स्वर्ग हुन्छ।
छुनुमनु नित गर्छिन् चञ्चली छन् असाध्यै
गन गन पनि गर्छिन् किन्तु माया छ साह्रै
गृह कलह यिनैकाे साथले शान्त हुन्छ
घर घर जब छाेरी रम्दछन् स्वर्ग हुन्छ।
घर वरपर गर्छिन् नित्य राम्राे सफाइ
रजगज पनि लाग्ने राख्न खाेज्छिन् सजाई
अतिथि यदि भएमा मान सम्मान हुन्छ
घरघर जब छाेरी रम्दछन् स्वर्ग हुन्छ।
छमछम जब नाच्छिन् आँगनैमा घुमेर
मन मुदित बनाई खेल्न खाेज्ने उमेर
मुसुमुसु मृदु हाँसाे भिन्न आनन्द हुन्छ
घर घर जब छाेरी रम्दछन् स्वर्ग हुन्छ।
सँगसँग तरकारी टिप्न खाेज्छिन् सघाई
अलिकति सहयाेगी भावना जग्मगाई
चुलबुल जब गर्छिन् भिन्न आभास हुन्छ
घर घर जब छाेरी रम्दछिन् स्वर्ग हुन्छ।
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ ताली बज्यो लै लै, ताली बज्यो लै चाँडै उठी बिहानै मुख…
आहान पाैड्याल खेल्ने साथी छैनन् घरमा,मैले ल्याएँ कुकुर कुकुरका छाउरा देख्दा म त हुन्छु फुरुक्क।…
प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…
शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…