तुलसी पण्डित

सकिन मैले यसलाई । खाली खेल्ने मात्र काम भयो उसको । हाम्रो पालामा उसको उमेरमा कति काम गरिन्थ्यो । खेल्न त परै जाओस् पढ्न पनि न जा भन्थे । रोइ कराइ अक्षर सम्म चिनियो । अझै घर आएको छैन । यहाँ घरमा कति काम बितेको छ । यसो सहयोग गरे हुने हो ।अब उहीँ जानु पर्यो । आमा बडेमानको लठ्ठी लिएर छोरो चन्द्रे भए ठाउँमा पुगिन् । अनि उसले थाहा न पाउने गरेर पछाडिबाट पिडौँलामा लठ्ठी बजारिन् । छोरो चन्द्रे मरेनी आमा भन्दै थचक्क बस्यो । उसले रूँदै पुलुक्क हेर्यो । फेरि लठ्ठी उजाएको देखेर ऊ खोच्याउदै भाग्यो । आमाले कराउँदै भनिन् ।
“पख ! तँलाई भात पनि दिन्न । कामको नाममा सिन्को पनि न भाच्ने । तँ अधम घर न आए पनि हुन्छ ।”
हर्षवीरले यो कुरा देखि रहेको थियो । उसले सोच्यो ।
यो देशमा साह्रै बाल शोषण छ । उसले सानो उमेरमा पनि घरको हरेक काम गर्नु पर्छ ।
अझ उसले पश्चिमा देशहरूमा केही समय बस्दा देखेको घटना सम्झदै गयो ।
आमाले छोरोलाई पिट्दा उतिनै खेरी प्रहरी आइ समातेर लगेको थियो । उहाँ लगेपछि उसलाई जरीबाना सहित दश दिन जेलमा राखेको थियो । अर्को घटनामा आमाले चर्को डाँको गरेर छोरोलाई हप्काउदा प्रहरीको हप्कीदप्की खानु परेको थियो । त्यसैले त त्यहाँ पन्ध्र वर्ष सम्मका बालबालिका सँग बोल्न सबै डराउछन् । अझ त्यहाँ बाबुआमाले छोराछोरीलाई खेलाउन लैजान्छन् । खेलि सकेपछि सँगै घर लिएर जान्छन् । यो प्राय विदाको दिनमा हुने गर्छ । बिहान आफै स्कुल पुर्याउछन् । लिन जान्छन् । विदाको दिन घुमाउन सँगै लैजान्छन् ।
आवाज निकै चर्को आएकोले ऊ दौडदै आवाज आए ठाउँमा पुग्यो ।
“होइन पम्फे यो दश वर्षको बच्चालाई किन यसरी पिटेको हो ?”
“हेर्नू न यसले घरमा केही काम पनि गर्दैन ।”
“यो उसको पढ्ने र खेल्ने उमेर हो । यो उमेरमा उसलाई काम लगायो भने उसको मानवीय सोचाइमा क्षति पुग्छ ?”
“पुग्छ कि के हो , हामीले उसको उमेरमा कति काम गरियो ।”
“त्यही भएर त तपाईँको सोचाइ नै बोदो भएको छ ?”
“होइन के भन्नु भएको यो ?”
“अब तपाईँलाई छोरो मन्द बुद्धि भएको हेर्ने रहर छ जो ठूलो भएपछि अभावै अभावमा सधैँ छट्पटीयोस् ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

कलङ्क

बाबुराम न्यौपाने"उत्स" दमक,झापा "मलाई एउटा कुराले धेरै नै पिरोल्यो मामू। आजको आधुनिक स्वतन्त्र युगमा पनि…

45 minutes ago

घरघर जब छाेरी रम्दछन् स्वर्ग हुन्छ

कमला पन्थी अधिकारी जब घर तनुजा छन् काेखकी रत्न दिव्य वचन मधुर धेरै लाग्छ हाँसाे…

1 hour ago

“जिन्दगी”

कोषबल्लव रेग्मी देउमाई न पा ७ इलाम यो जिन्दगी कस्तो -कस्तो ?? भएर पनि नभए…

1 day ago

सिकाइमा मूल्याङ्कनका आधार

प्रेमनारायण भुसाल उद्देश्यपूर्ण कामको प्रभाव मापनका लागि मूल्याङ्कन सबैभन्दा राम्रो माध्यम मानिन्छ । सोच, चिन्तनगत…

1 day ago

“ज्योति”

ललिता ‘दोषी’ बुद्धनगर काठमाडौँ रोक्नु हुन्न पाइला साथी! चाल्लौँ अघि पाउ लाग्न सक्छ यात्रामा अनेकौँ…

1 day ago

बोलौँ बोलौँ लागि राछ

कृष्ण अधिकारी बोलौँ बोलौँ लागि राछ बोल्नै सकिन्नँ मनको बह खोलौँ भने खोल्नै सकिन्न पीडा…

2 days ago