Categories: बाल कथा

“घर फर्किएको दशैँ”


डा.कमला तामाङ
मिरिक, दार्जीलिङ

धानको बास्नाले गाउँभरि दशैँ आएको घोषणा गरिसकेको थियो।
आँगनको कुनामा आमा मखमली र सयपत्रीको मालामा धागो उनीरहेकी थिइन्, दश वर्षपछि परदेशबाट फर्किएको अर्जुन गाउँको बाटोमा छिर्दै थियो।
झोलामा मिठाइ, नयाँ कपड़ा र आमा–बुबाका लागि सानो सानो सौगात थियो।
गाउँको चौतारोमा लिङ्गेपिङमा मच्चिएका केटाकेटी देख्दा उसलाई आफ्नै बाल्यकालको रमाइलो सम्झना आयो-
“अलि माथि, अलि माथि !” भन्दै पिङ उड़ाउने त्यो बेफिक्री दिन। घरको आँगनमा पाइला राख्दा,आमा ढोका खोलेर उभिइन्- “अरे अर्जुन ! यो त हाम्रो दशैँको सबैभन्दा ठूलो उपहार हो।”
आमाको आँखाबाट टल्किएको हर्ष देख्दा, अर्जुनले महसुस गर्यो-विदेशको नोटभन्दा ठूलो मूल्य यिनै क्षणमा छ। दाजु–भाइ र छिमेकीको भीड़ लाग्यो। कोही मिठाइको डब्बा खोल्दै, कोही नयाँ मोबाइलको बटन दबाउँदै, बालबालिका खल्तीमा चानचुन लिएर एनिमोरमा झुत्तिए झैँ।
हजुरबाले भने- “हेर, दशैँको चहलपहल त मानिसको भेटमा मात्रै बाँच्ने रहेछ।”
साँझतिर, टिका र जमरा सहितको थाल लिएर आइन् आमा।
आशीर्वादका शब्दहरू टल्कँदा, अर्जुनको मनमा एउटै कुरा गुञ्जिरह्यो- “घर फर्किने बाटो कहिल्यै बिर्सनु हुँदैन।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

7 hours ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

7 hours ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

1 day ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

1 day ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago