सुरेशकुमार पाण्डे
दाङ घोराही १८
“कल्पी-दिनैभरी अरंगखोलाको खेतमा धान रोपेर झमक्क साँझ परेपछि घर फर्किन्। घरमा साना बालख बाहेक अरू थिएनन्। बनबाट बुके गरू अझै घरफर्किएको थिएन्। अँध्यारो उस्तै आकाशबाट मूसलधार पानी पर्दैथियो। आउँदा आउँदै गोठमा यसो नियालिन् गोठमा बुके गरू नहुँदा गोठ नै सुन्ने देखिन्थ्यो। “सुनसरी गरू आएन बनबाट ? “सबैभन्दा ठुली सात वर्षकी”छोरीसँग सोधिन्।
सबै ठाउँमा हेरेंँ भेटाइन आमा मैले!-छोरीले भनी र रूनथाली ।’ कल्पी आत्तिइन र पानीको झरीमै बोरी ओडेर लाइट बाल्दै खोज्न हिंडीन्। पानी सँग ठुलठुला असिना पर्यो। अलिवेर पछि गोरू लिएर आइन्। घरभित्र आगो बालेर सुनसरी चौकामा उँग्दै थिई। अर्को काखको बाबु भोकै निदाएको थियो। बिहानै देखि भिजेकी कल्पी लुगा फेरेर रोटी पकाउँदै थिइन घर चुइन थाल्यो। चारपाखे सानुखरको छानो भएको एकतले घर धेरै ठाउँ बाट चुइन थाल्यो। भएका रित्ता भाँडा थापिन अँगेनामा समेत पानी चुइनथाल्यो। दिनैभरी कामको थकाइ रातभरी जागै बसेर बिताइन्। आमा यस्तो पनि घर हुन्छ चारैतिर चुहुँने ?-छोरी सुनसरीले नाक खोम्चाउँदै भनी।’ “छोरी! यो मात्र घर होइन नि ; घर त हाम्रो एकता हो। यो घर जती सुकै प्वाल परेपनि घरको गोप्पे कुरा कहिल्यै बाहिर गएन। त्यसलै यो घर धेरै बलियो छ र ऐतिहासिक छ।’कल्पिका कुरा बालबालिकाले शास्त्र जस्तै कानलगाएर सुनिरहेका थिए।
काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…
शोभा कोइराला सहर छैन उजाड भयो स्थिति कहरमा असरल्ल छ बेथिति विरहनिम्ति सदा जसरी जुटौँ…
सुमन कडरिया चितवन विद्यालयको वार्षिक नतिजाको समीक्षा बैठक चलिरहेको थियो। एक शिक्षकले प्रधानाध्यापकसामु भने -…