Categories: बाल कथा

“भात”

रुद्र अधिकारी
ईटहरी, सुनसरी
हालः लन्डन

“यी नानी बाबुहरूलाई पाउरोटी र दूध दिनु पर्थ्यो ! भोकाए होला ।” अमेरिकाबाट गर्मी बिदा मनाउन आएका नाति नातीना देखाउँदै आमाले भनिन।
आमाको बोली भुईमा खस्न नपाउदै गीताले जवाफ दिइन “पर्दैन आमा पाउरोटी के खान्थे !”
उसो भए भुटेका मकै दिए भैगो नी!
भुटेका मकै पनि खादैन, आमा।


आमाले अचम्म भावमा भनिन “यहाँका केटाकेटी त कत्ती रमाएर खान्छन । चिउरा त खान्छन होला नी ?”
गीताले चिउरा पनि नखाने बताइन।
यतिकैमा “भान्जा भान्जीहरूलाई मैले ‘डिपार्टमेन्ट स्टोर’ बाट ‘ब्रेड’, ‘पपकर्न’ र ‘कर्न फ्लेक ’ ल्याइदिएको छु, हेरेर के-के खान्छन दिनु ।” भन्दै भाइले गीतालाई झोला दिए।
गीताले झोला खोलेर हेर्दै भनिन “सबै थोक खान्छन।”
दिदी भाइको कुराले आमालाई विदेशी संस्कृतिले नेपालमा कति गहिरो गरी जरा गाडेको रहेछ भन्ने ज्ञान भयो ।
आमाले चर्को स्वरमा भनिन, “भरे भात नपकाउनु, केटा-केटी भात खादा रहेनछन, आज सबैलाई ‘राईस’ पकाउनु।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

24 hours ago

अस्तित्व

चम्पा दिवस राई दक्षिण सुखिम छेवैमा उभिएर ढकमक्क फुलेका गदवारीलाई हेर्दै पारिजातले भन्यो -- "फूलहरुको…

24 hours ago

“सहयोग गरौँ”

शोभा कोइराला सहर छैन उजाड भयो स्थिति कहरमा असरल्ल छ बेथिति विरहनिम्ति सदा जसरी जुटौँ…

1 day ago

“तीज”

देव भट्टराई हाम्रो प्यारो तीज आयो घुमेर। हाँसौँ खेलौँ कर्मलाई चुमेर ।। साथीसङ्गी नाच्न आओ…

2 days ago

पुरस्कार

सन्दर्भ वालदिवस राजन् कार्की पाजु धरान सुनसरी कौशिला ए, कौशिला ! कहाँ छेस् हँ ?…

2 days ago

उज्ज्वल भविष्य

सुमन कडरिया चितवन विद्यालयको वार्षिक नतिजाको समीक्षा बैठक चलिरहेको थियो। एक शिक्षकले प्रधानाध्यापकसामु भने -…

2 days ago