Categories: कविता

“घामपानी”


युगल बसेल
सन्धिखर्क

घामपानी घामपानी कति रमाइलो !
खुल्यो खुल्यो आँगनीमा खुसीको दैलो।

बुँदै बुँदमा ठोकिएछ घामको किरेनी
त्यहीँ ठोकिँदा जन्म्यो मन रसाउने इद्रेनी।

इन्द्रेनीमा सातै रङ्ग हेर्न पाइयो
बैनी भन्छे मलाई इन्द्रधनु चाहियो।

इन्द्रधनु समाएर खेल्न नमिल्ने
हेर्दा भने आँखालाई आनन्द मिल्ने।

म त भन्छु घामपानी हप्तैपिच्छे होस्
घामपानीमा रमाउने धोको नरहोस्।

घाम पानी घाम पानी साह्रै रमाइलो
धर्तीमा स्वर्गको हो कि सुनौलो पाइलो?

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

शत्रु

बलराम दंगाल रत्ननगर, चितवन हाल–अष्ट्रेलिया साँझ पर्न लागेको थियो। असफलताले थाकेको युवक पीपलको रूखमुनि बसेका…

9 hours ago

“गुण”

ह्रदय लेकाली बोल्दैन लाटो जब बोल्न थाल्छ ढुङ्गा र माटो पनि बोल्छ थाल्छ त्यो जून…

9 hours ago

“विद्यार्थीहरूप्रति”

आत्माराम न्यौपाने तिम्रा साना कर-कलमले लेख्छ नौलो भविष्य तिम्रा साना मृदु नयनले देख्छ सम्पूर्ण विश्व…

9 hours ago

परीक्षा

सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…

1 day ago

वर्षाको वितन्डा

समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…

1 day ago

“झरी”

अम्बिका धिताल कालो यो मेघ गड्याङ र गुडुङ गगन ढाकेर पर्यो है झरी यो छातीभरि…

2 days ago