Categories: बाल कथा

जेड पिँढी

 


महेन्द्र नेउपाने
लोकन्थली, भक्तपुर

“तिम्री छोरी त काठमाण्डौमा आर्यवसँग बिहे गरेर बसेकी रहिछे त ?” काठमाण्डौबाट भरखरै आउँदै गरेका साथी मधुको यो कुरा सुन्दा माष्टर खङरङ्ग भए। आर्यव सँग? उनले मनमनै गुने । आफुले छोरीलाई दिएको बुद्धि प्रति पश्चताप भयो। उनी एकोहोरो टोलाइरहे र हप्ता दिन अगाडिको घटना सुनाउँन थाले।
“म बिकलसँग बिहे गर्छु नि बुबा ! ” भनेर छोरीले सोधेकी थिई।
“तिमीहरु प्रेममा हौ र ?” मैले जिज्ञाशा राखेको थिएँ।
“होइन बुवा! हजुर सधैँ भन्ने गर्नुहुन्छ नि शालीनता, गम्भीर्यता र सुझबुझ भएको मानिससँग संगत गर्नू ! “तिमीप्रति उसको धारणा बुझेकी छ्यौ त?” मैले अझ बढी प्रष्ट हुन चाहेको थिएँ।
“बुझेकी छैन, तर उसले नकार्दैन जस्तो लाग्छ।” उनले विश्वास दिलाउने प्रयास गरेकी थिइन्।
“तिमीले मेरो अप्ठारो बुझ्यौ? आफ्नो पारिवारिक सल्लाह गर्न जातपातको कारणले मिलेन । उसको परिवारमा कुरा गर्न जाऊँ भने हेपेर जिस्काउन आयो भन्लान् । मैले निराश हुँदै भनेको थिएँ।
“ऊ पाए म तुरुन्त बिहे गर्थेँ ।” छोरीले बाध्य पारेकी थिई।
एकछिन नाजवाफ भएँ र भनेको थिएँ, ” बिकल असल र राम्रो पनि छ । तिमी आफै सल्लाह गर। ऊ तयार भए भाग। बरु म आवश्यक चाँजो मिलाउँला। यति भनेर सहरमा आवश्यक बन्दोबस्त पनि आफैले गरिदिएको थिएँ।”
कुरा बुझेपछि मधु पनि आश्चर्यचकित भएर भने, “होइन, के सारो बाठा भएका यो जेनेरेसन जेडका केटाकेटीहरु?”
माष्टरले फिस्स पर्दै भने, “अब यसलाई के भनौँ? यो पिँढीको कपट कि बठ्याइँ ?”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

शत्रु

बलराम दंगाल रत्ननगर, चितवन हाल–अष्ट्रेलिया साँझ पर्न लागेको थियो। असफलताले थाकेको युवक पीपलको रूखमुनि बसेका…

8 hours ago

“गुण”

ह्रदय लेकाली बोल्दैन लाटो जब बोल्न थाल्छ ढुङ्गा र माटो पनि बोल्छ थाल्छ त्यो जून…

9 hours ago

“विद्यार्थीहरूप्रति”

आत्माराम न्यौपाने तिम्रा साना कर-कलमले लेख्छ नौलो भविष्य तिम्रा साना मृदु नयनले देख्छ सम्पूर्ण विश्व…

9 hours ago

परीक्षा

सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…

1 day ago

वर्षाको वितन्डा

समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…

1 day ago

“झरी”

अम्बिका धिताल कालो यो मेघ गड्याङ र गुडुङ गगन ढाकेर पर्यो है झरी यो छातीभरि…

2 days ago