Categories: कविता

घुमन्ते जन राउटे


कृष्णशरण उपाध्याय पौडेल

बस्छन् जङ्गलमा सारा , घुमन्ते जन राउटे
निल्छन् पीडा व्यथा गाह्रा , घुमन्ते जन राउटे

खोज्छन् जङ्गलमा चारा , घुमन्ते जन राउटे
जो हुन्छन् अति नै प्यारा , घुमन्ते जन राउटे

रोग भोक गरीबीका , बोकी पर्वत टाकुरा
रेट्दैछन् पेटमा आरा , घुमन्ते जन राउटे

पार्टी या दलका झण्डा , बोक्दैनन् तिनले कसै
लिन्नन् चुनावका नारा , घुमन्ते जन राउटे

आफ्नो पौरखमा मात्रै , गर्छन् विश्वास ती सब
जो झार्छन् पसिना धारा , घुमन्ते जन राउटे

डोटी सुर्खेत दैलेख , अछाम मुगु बाजुरा
बस्छन् जो बर्दिया बारा , घुमन्ते जन राउटे

काठ का थलिया बोड्का गिलास पनि काठका
लिन्छन् घैँटा र अङ्खारा , घुमन्ते जन राउटे

शिक्षा दीक्षा र संस्कार कला – शिल्प सिके भने
बन्लान् सूर्य शशी तारा , घुमन्ते जन राउटे।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रतिज्ञा

पुण्यप्रसाद घिमिरे आदित्य गाउँमा बस्थ्यो । ऊ सानै र अबोध भएकाले जे मन लाग्यो त्यही…

15 hours ago

“पश्चाताप”

माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…

15 hours ago

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो

काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…

15 hours ago

‘स्याहार योजना’

विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…

1 day ago

“युवाशक्ति”

शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…

1 day ago

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

3 days ago