Categories: बाल कथा

नयाँ वर्ष


रम्भा पौडेल

“आज नयाँ वर्ष २०८३ हो । हरेक नायाँ वर्षले आशा , भरोसा र उमंग लिएर आउछ । हामीले गएको वर्षमा गरेका गल्तिहरुबाट यो वर्षमा नयाँपाठ सिक्ने छौँ ।
हामी उमेरले पनि एक वर्ष अरु परिपक्क बन्नेछौँ । बाँकी रहेका हाम्रा सपना पुरा गर्नेछौँ ।
हरेक नयाँ वर्षले नयाँ सपना बोकेर पनि आउँछ ।”
बाबाका कुरा सुनेपछिे रितिकाले प्रश्न गरिन — “बाबा नयाँवर्ष वैशाख १ मै किन पर्छ ? अरु महिनामा किन पर्दैन ?”
“राम्रो प्रश्न गर्यौ रितिका । हामीले हाम्रा चाडहरु मनाइरहँदा यिनका महत्व र सुरुवात कसरी भयो भन्नेबारे पनि जान्न जरुरी छ । नयाँ वर्ष पनि एउटा उत्सव हो । नयाँ वर्ष वैशाख १ मा नै पर्दछ । यो बिक्रम सम्वतको शुरुवात हो ।जुन सम्राट बिक्रमादित्यको नामबाट शुरु भएको मानिन्छ । अब आज बिक्रम सम्वत् २०८३ साल शुरु भयो ।”
“ए त्यस्तो एउटा ब्यक्तिको नामबाट शुरु हुन्थ्यो ? रितिकाले प्रश्न गरिन ।
“राजामहाराजाहरुले आफ्नो नाममा यस्ता नयाँ कामको सुुरुवात गर्दथे । शंखधरसाख्वाले नेपाल सम्वत् सुरु गरे जुन काठमाण्डौका जनताको ऋण मोचन गरेको दिनबाट सुरु भएको थियो भनिन्छ ।”
“राजा बिक्रकमादित्यले आफ्नो विजयपछि नयाँ पात्रो शुरु गरे । यो पात्रो सूर्यको गति र ऋतु परिर्वतनमा आधारित छ।”
रितिकाले बाबाको कुरालाई ध्यान दिएर सुनिरहिन्।
“यो महिना वसन्त ऋतुको महिना हो । यसको स्वागत पनि हो । वैशाख महिना भनेको खेती लगाउने महिना पनि हो । खेतीको उत्सव पनि हो । तिमीले यो महिनामा के खेती लगाएको देख्यौ ?” बाबाले प्रश्न गर्नुभयो।
“हो बाबा मैले धेरै किसानहरुले मकै रोपेको देखेँ ।”
“मकै मात्र होइन अब किसानले धानको बिउ तयार गर्दछन् र असारमा रोप्दछन् । यो नयाँ वर्ष जात्रा पर्व र खेतीपालीका लागि स्वागत गर्ने महिना पनि हो । भक्तपुरमा बिस्केट जात्रा यतिबेला नै मनाईन्छ । यो खुशियालीमा सरकारले नयाँ वर्षलाई विदा दिएर मनाउँछ । आज हामी यो दिन पशुपतिनाथको मन्दिर दर्शन गरेर मनाऔँ । त्यतैबाट बिस्केट जात्रा पनि हेरौँ । सफा लुगा लगाउ । तिमी म र आमा भएर धार्मिक पर्यटनमा निस्कौँ ।”
बाबाको कुरा सुने पछि तिनै जना पशुपतिनाथको दर्शन तिर लागे ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

ढोका

सुमन कडरिया चितवन राति अबेरसम्म छोरी घर नफर्किएपछि आमाको ध्यान बारम्बार ढोकातिर थियो। उनले फोन…

17 hours ago

“शरद् छ मस्त”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…

17 hours ago

जन्मदिन

ह्रदय लेकाली ए समीरका बाबा, "भोलि छोराले मेरो जन्मदिन मनाइदिनुपर्छ भनेर कचकच गरेको छ के…

17 hours ago

प्रतिज्ञा

पुण्यप्रसाद घिमिरे आदित्य गाउँमा बस्थ्यो । ऊ सानै र अबोध भएकाले जे मन लाग्यो त्यही…

2 days ago

“पश्चाताप”

माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…

2 days ago

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो

काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…

2 days ago