Categories: बाल कथा

“चतुरे र रातो गुलाफ”


रन्जुश्री पराजुली

चतुरे र सेती प्रेममा गाँसिएका थिए । धन कमाउन परदेश नगएको भनेर सेतीको बाबुले उनीहरूको बिहेको मन्जुरी नदिएकोले ती दुईले भागी बिहे गरे । चतुरेकी आमाले केही समय सेतीलाई लुकाएर राखी।
चतुरेका गोठाला दौँतरीहरू प्रायः सबै धन कमाउन अरब देशतिर गइसकेका थिए । सेतीलाई छोडेर चतुरेलाई टाढा जान मन लागेन। उसले आफ्नै देशको ठुलो सहर गएर काम गर्ने बिचार गर्यो । जाने बेलामा सेतीलाई माया गरेर अँगालेमा बाँधेर सम्झाउँदै भन्योः “म धन कमाउन सहरतिर जान्छु । तँ आमासँग बस् । बेला मौकामा आउँछु । मलाई अरुको जस्तो धेरै धन कमाउनु पनि छैन । धेरै समय तँलाई छोडेर बस्न म सक्दिनँ । तँ राम्री छस् । अरुले आँखा लगाउलान्, भन्ने पिर लाग्छ।”
सेतीले रुँदै भनीः “तिमी पनि अनाहकमा शङ्का गर्छौ । तिमीजस्तो माया गर्ने खसमलाई छोडेर म कतै जान सक्दिनँ । तिमी पीर नगरिकन धन कमाउन जाऊ।”
सहरमा साहुको ठेला गाडामा सामान वसार पसारको कामगरेर चतुरेले राम्रै आर्जन गर्दै गयो । सेतीको याद नआएको पल नै हुदैन थियो उसलाई । उसले भनेकी मायाका शब्दहरू सम्झिएर चित्त बुझाए पनि छुच्चा गाउँलेहरूले सेतीको मन भाँडी दिन्छन् कि भन्ने शङ्का लाग्दथ्यो।
एकदिन सहरका केही पसलहरू रातै श्रृङ्गारिएका, युवायुवतीहरू हातेमालो गर्दै रातो गुलाफको गुच्छा बोकेर हिँडेको देख्दा उसलाई के होला भनेर जान्ने उत्सुकता जाग्यो उत्सुकतावस उसले आँट गरेर रातो गुलाफको फुलको गुच्छा हातमा लिएर बाहिर निस्किएका एक जोडी युवा युवतीलाई सोध्योः “नमस्ते हजुर ! आज कुन चाड हो यताका सबैजसो तरुनातरुनीहरूले हातेमालो गरेर रातो गुलफको गुच्छा बोक्नु भएको छ । पसलहरू पनि रातोले सजिएको छ”
उनीहरूले उत्तर दिएः “आज प्रेम दिवस हो । केटाले आफूले माया गरेको केटीलाई रातो गुलाफको फूल र उपहारहरू दिन हो।”
चतुरे आफ्नो खल्ती छाम्दै नजिकैको रातोले सजिएको पसल भित्र पस्यो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

15 hours ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

15 hours ago

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

2 days ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

2 days ago

पुलेसो

बिन्दु पाैडेल वस्ती भरतपुर -२, चितवन पहाडको फेदमा सम्म परेको फाँट थियो । खेतीयोग्य जमिन…

2 days ago

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

3 days ago