भेलेन्टाइन डे


इन्दिरा छेत्री
ओदालगुढी, असम

आज चौध फेब्रुअरी, भेलेन्टाइन डे। मधुरो बिहान थियो। क्याम्पसमा सबै विद्यार्थीहरू रातो कपडा लगाएर हाँस्दै–खेल्दै “भेलेन्टाइन डे” मनाउने तयारीमा थिए। फूल, कार्ड र फोटो खिच्ने होडबाजी चलिरहेको थियो।
त्यही अलि टाढा बसेका थिए पवन। उनी किताब पढ्दै थिए। साथीहरू आएर भने, “ए पवन! आज प्रेम दिवस हो, किताब छोडेर रमाइलो गर न!” पवन मुस्कुराए, तर गम्भीर स्वरमा बोले, “प्रेम त केवल एक दिनको उत्सव होइन। हाम्रो सँस्कारले प्रेमलाई आमाबुबाको सेवा, शिक्षकको सम्मान र समाजप्रतिको जिम्मेवारीमा देखाउँछ। केवल देखावटी उपहारले प्रेम साबित हुँदैन।”
साथीहरू हाँसे। कसैले भने, “तिमी पुरानो सोचको हौ, आधुनिक बन्न सिक!”
त्यही बेला क्याम्पसमा हल्ला भयो। केही विद्यार्थीहरूले सामाजिक सञ्जालका लागि बनावटी प्रेम प्रदर्शन गर्दै झगडा गरे। एक–अर्कालाई आरोप लगाउँदै थिए। शिक्षकहरू आएर सबैलाई शान्त पारे। त्यसपछि प्रधानाध्यापकले सबैलाई भेला गराए। उनले भने, “कुनै पनि संस्कृतिको नाममा अन्धो नबन्नू। प्रेमको नाममा बहकिएर अभिभावकको माया बेवास्ता गर्नु र समाजको मूल्यलाई कमजोर पार्नु बुद्धिमानी होइन। साँचो प्रेम भनेको जिम्मेवारी हो, न कि देखावटी प्रदर्शन।”
पवनको कुरा सबैलाई सम्झना आयो। केही विद्यार्थीहरू लाजले टाउको झुकाए।
एकछिनपछि पवन र उनका साथीहरूले फरक तरिका अपनाए। उनीहरूले वृद्धाश्रम गएर बुढाबुढीलाई खाना खुवाए, अनाथ आश्रम गएर बच्चाहरूलाई कपडा र फलहरू वितरण गरे। शिक्षकहरूलाई धन्यवाद दिए, अनि आमाबुबालाई फोन गरेर “हामी तपाईँलाई माया गर्छौं” भने।
एक जना साथीले पवनसँग भन्यो, “हिजो हामीले केवल फोटोका लागि प्रेम देखायौँ। आज हामीले साँचो प्रेम महशुस गर्यौँ।” पवन मुस्कुराए। “प्रेमलाई कुनै विदेशी दिनले होइन, हाम्रो संस्कार र कर्मले परिभाषित गर्छ। जब प्रेमले समाजलाई सुधार्छ, तब त्यो साँचो प्रेम हुन्छ। देखावटी प्रेमले क्षणिक खुशी दिन्छ, तर संस्कारयुक्त प्रेमले जीवनभर सम्मान र सन्तुलन दिन्छ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

15 hours ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

15 hours ago

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

2 days ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

2 days ago

पुलेसो

बिन्दु पाैडेल वस्ती भरतपुर -२, चितवन पहाडको फेदमा सम्म परेको फाँट थियो । खेतीयोग्य जमिन…

2 days ago

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

3 days ago