खगेन्द्र बस्याल
“तपाईँको नातिनीलाई आफ्नो विद्यालयमा भर्ना गरिदिन कति विद्यालयका प्रतिनिधि आए ?” भेषराजले छिमेकी सरितालाई सोधे ।
उनीले जवाफ दिइन्, ” तेह्रवटाका आइसके र अरु दुईवटाले पनि त्यही प्रयोजनका लागि तपाईँलाई भेट्न आउँदैछौँ भनेर समय मागेका छन् ।”
उनलेे जिज्ञासा राखे , ” के जवाफ दिएर पठाउनु भएको छ त ?”
उत्तर दिइन् , “सबैलाई आत्मियापुर्वक स्वागत गर्दै घरमै बनेको खाना खुवाई बेलुका उहाँसँग विदेशमा सल्लाह गरेर यकिन गरुँला , यसैको लागि तपाईँहरुले फेरि अमूल्य समय खर्च गर्नु पर्दैन । भन्ने बनिबनाउ एउटैे जवाफ दिएर प्रफुल्ल मुद्रामा उनीहरूलाई बिदा गरेकी छु।”
भेषराजले सोधे, ” मनमनै त कहाँ पढाउने भन्ने निश्चय गर्नु भएको छ नि ?”
सरिताले भनिन्, ” सबैका बिचार एकै हुनुपर्छ भन्ने छैन। मैले त जुन विद्यालयका टोली मेरो घरमा आएका छैनन्, त्यहीँ भर्ना गरुँ जस्तो लागेको छ।”
भेषराजको जिज्ञासा चुलियो। यसैले सोधे , ” किन नि ?”
सरिताले भनिन् , ” जुन विद्यालयले घर घरमा नपुगी कामैले सबैको मन जितेको छ , भर्ना गर्नुपर्ने त्यहीँ होइन र ?”
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…
योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…
चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…
फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…